४ पुस २०८२, शुक्रबार | December 19, 2025

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा पूर्व सहसचिव कार्की पक्राउ



काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल ट्रस्टको नाममा दर्ता भएको दरबारमार्गस्थित जग्गा गैरकानूनी रूपमा लिजमा दिएको अभियोगमा पूर्वसहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ ।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार चितवनको भरतपुर महानगरपालिका-१५ (साविक श्रीपुर-२) निवासी कार्कीलाई शुक्रबार पक्राउ गरी ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार नेपाल ट्रस्ट र थामसेर्कु ट्रेकिङ प्रालिबीच भएको लिज सम्झौतामा गम्भीर अनियमितता पाइएको छ । सम्झौतामा सूचनामा उल्लेख गरिएको काठमाडौं महानगरपालिका-दरबारमार्गस्थित कित्ता नं. ४६०६ बाहेक अनधिकृत रूपमा कित्ता नं. ४६०५ पनि थप गरी लिजमा दिइएको पाइएको हो ।

२०७४ जेठ १४ गते तीन वर्षको निर्माण अवधिसहित ३० वर्षका लागि गरिएको उक्त लिज सम्झौता ट्रस्टको सञ्चालक समितिको निर्णय र कानुनी आधारबिना गरिएको भन्दै प्रहरीले नेपाल राष्ट्रलाई दीर्घकालीन हानी नोक्सानी पुर्‍याएको आरोप लगाएको छ ।

सीआईबीका अनुसार सो प्रकरणमा संलग्न अन्य अधिकारी, कर्मचारी र व्यक्तिहरूले पनि गैरकानूनी लाभ लिएको प्रारम्भिक प्रमाण फेला परेको छ । घटनामा संलग्न अन्य व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ४ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको