३ चैत्र २०८२, मंगलबार | March 18, 2026

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा पूर्व सहसचिव कार्की पक्राउ



काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल ट्रस्टको नाममा दर्ता भएको दरबारमार्गस्थित जग्गा गैरकानूनी रूपमा लिजमा दिएको अभियोगमा पूर्वसहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ ।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार चितवनको भरतपुर महानगरपालिका-१५ (साविक श्रीपुर-२) निवासी कार्कीलाई शुक्रबार पक्राउ गरी ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार नेपाल ट्रस्ट र थामसेर्कु ट्रेकिङ प्रालिबीच भएको लिज सम्झौतामा गम्भीर अनियमितता पाइएको छ । सम्झौतामा सूचनामा उल्लेख गरिएको काठमाडौं महानगरपालिका-दरबारमार्गस्थित कित्ता नं. ४६०६ बाहेक अनधिकृत रूपमा कित्ता नं. ४६०५ पनि थप गरी लिजमा दिइएको पाइएको हो ।

२०७४ जेठ १४ गते तीन वर्षको निर्माण अवधिसहित ३० वर्षका लागि गरिएको उक्त लिज सम्झौता ट्रस्टको सञ्चालक समितिको निर्णय र कानुनी आधारबिना गरिएको भन्दै प्रहरीले नेपाल राष्ट्रलाई दीर्घकालीन हानी नोक्सानी पुर्‍याएको आरोप लगाएको छ ।

सीआईबीका अनुसार सो प्रकरणमा संलग्न अन्य अधिकारी, कर्मचारी र व्यक्तिहरूले पनि गैरकानूनी लाभ लिएको प्रारम्भिक प्रमाण फेला परेको छ । घटनामा संलग्न अन्य व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ४ : ११ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड