१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित



काठमाडौं । हङकङ सिक्सेस अन्तर्गत नेपालले भारतविरुद्ध ऐतिहासिक जित निकालेको छ । आफ्नो तेस्रो खेलमा भारतलाई नेपालले ९२ रनको फराकिलो अन्तरले जित निकालेको हो ।

यो जित हङकङ सिक्सेस इतिहासमै सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि सबैभन्दा ठूलो रन अन्तरले गत वर्षको प्रतियोगितामा ओमानले इंग्ल्यान्डविरुद्ध निकालेको थियो । ओमानले इंग्ल्यान्डलाई ६७ रन अन्तरले हराएको थियो ।

भारतविरुद्ध नेपालको जितमा बसिर अहमदले २, रासिद खानले ३ र रुपेश सिंहले एक विकेट लिए । पहिला ब्याटिङ गरेको नेपालले विना विकेटको क्षतिमा ६ ओभरमा १३७ रन जोडेको थियो । रासिद खानले अर्धशतक बनाएर रिटार्ड हर्ट हुँदा सन्दीप जोराले ४७ रनमा अविजत रहे ।

खानले १८ बलमा ५५ रन बनाउँदा सन्दीपले १२ बलमा ४७ रन जोडे । यस्तै लोकेश बमले ३१ रन बनाए । यता भारतका लागि भारत चिप्ली र प्रियांक पांचाले १२/१२ रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । १३८ रनको लक्ष्य पछ्याउने क्रममा भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमै समेटियो ।

यस्तै आजैको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई ५४ रन अन्तरले हराएको छ । अफगानिस्तानले शुक्रबार दक्षिण अफ्रिकालाई ४९ रनले हराएको थियो ।

नेपालले अब नवौं स्थानका लागि भोलि बिहान ६ बजे खेल्दैछ । बटममा रहेर नेपालले बलको फाइनल जित्ने योजनामा रहेको छ । यसअघिका खेलमा नेपाल पहिलोमा अफगानिस्तान र दोस्रोमा आजै श्रीलंकासँग पराजित भएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ४ : १५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले