१५ चैत्र २०८२, आइतबार | March 29, 2026

‘जेनजी आन्दोलनमा तोडफोड, लुटपाट गर्नेमाथि कडा कारबाही होस्’ : महासंघ अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

शनिबार (कात्तिक २२) काठमाडौंमा महासंघद्वारा आयोजित ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ कार्यक्रममा बोल्दै उनले यस्तो माग गरेका हुन् । अध्यक्ष ढकालले यस्तो अपराधमा कारबाही नगरे दण्डहीनता मौलाउने चेतावनी दिए । साथै, उनले विभिन्न पेसा र व्यवसायमा संलग्न व्यक्तिहरूलाई सुरक्षित वातावरणमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरे ।

ढकालका अनुसार नाफा कमाउनु व्यवसायको स्वाभाविक उद्देश्य हो, तर नेपालमा त्यसलाई अपराधका रूपमा चित्रित गरिनु दुःखद विषय हो । उनले निजी क्षेत्रले देशमा ठूलो रोजगारी सिर्जना गरेको र राजस्वमा उल्लेखनीय योगदान पुर्‍याएको भए पनि अहिले त्यसकै विरुद्ध आक्रमण हुनु चिन्ताजनक रहेको बताए ।

उनले भने, “आन्दोलनका क्रममा उद्यमी-व्यवसायीका शयनकक्षसम्म लुटपाट भएको छ, व्यापार-व्यवसायमा आगो लगाइएको छ । यसले हामी सबैलाई आत्मसमीक्षा गर्न बाध्य पारेको छ – हामी कहाँ चुक्यौँ, समाज कहाँ चुक्यो ?”

ढकालले थपे, “व्यवसायले सेवा दिँदै नाफा कमाउनु सामान्य कुरा हो । तर, यसप्रति नकारात्मक दृष्टिकोण राख्नु गलत हो । यदि आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही भएन भने दण्डहीनता फैलिन्छ । कुनै पनि नाममा यस्तो कार्यलाई प्रश्रय दिनु हुँदैन ।”

उनले पेसा र व्यवसायमा लागेका सबै व्यक्तिहरूले सुरक्षित र सम्मानजनक वातावरणमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकार, निजी क्षेत्र र सरोकारवालाहरूले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा चन्द्रप्रसाद ढकालको भनाइ पढ्नोस्-

युवापुस्ताको आन्दोलन र मागबमोजिम मुलुकमा भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्ने प्रयत्नमा सरकार लागेको छ । निजी क्षेत्र पनि खरानी टकटक्याउँदै जुर्मुराउन खोजिरहेको छ । हरेक आन्दोलन वा प्रदर्शनमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको विदितै छ । तर, निजी क्षेत्र विगतका आन्दोलनहरूभन्दा यसपटक बढी आहत भएको छ । जसोतसो जोहो गरेर, सरसापट गरेर, ऋण काडेर उद्यमीले लगानी गरेको हुन्छ । राजस्वमा योगदान पुर्‍याएको हुन्छ । रोजगारीको अवसर सिर्जना गरेको हुन्छ । तर पनि उद्यमी-व्यवसायीका शयनकक्षसम्म लुटपाट भएको छ । व्यापार-व्यवसायमा आगो लागेको छ । यो घटनाले सबैले आफैँले आफैँलाई फर्केर हेर्न पनि बाध्य पारेको छ । हामी पनि समीक्षा गर्दै छौँ हामी कहाँ चुक्यौँ ? अनि, समाज कहाँ चुक्यो ? हामीकहाँ नाफा आर्जन गर्नु नै अपराधको रूपमा चित्रित हुँदै आएको छ । तर, व्यवसायको उद्देश्य सेवा दिएर नाफा कमाउनु हो । हो, यही फरक बुझाइका कारण निजी क्षेत्रमा प्रहार हुने गरेको छ । के रोजगारी सिर्जना गर्नु, राजस्व बुझाउनु राज्यका लागि पनि महत्त्वपूर्ण होइन र ? आगजनी, तोडफोड, लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही भएन भने दण्डहीनता मौलाउँछ । कुनै पनि नाममा यसलाई प्रश्रय दिइनु हुँदैन । आज यो कार्यक्रम आयोजना गरी यसमा सम्माननीय प्रधानमन्त्रीज्यूलगायत मन्त्रीज्यूहरू, मुख्यसचिवज्यू, गभर्नरज्यू एवं उच्च सरकारी अधिकारीज्यूहरूलाई आमन्त्रण गर्नुको मुख्य उद्देश्य पनि पेसा, व्यवसाय गरी खाने वर्गले सुरक्षित रूपमा काम गर्न पाउने अधिकारको सुनिश्चितताका लागि सबैले प्रयास गरौँ भन्ने हो ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ४ : २१ बजे

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला

ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

ओलीको रिहाइको माग गर्दै पत्नी राधिकाले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी