२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

जलविद्युत् उत्पादनको सम्भावनालाई यथार्थमा परिणत गर्न सहयोग गर्छौँ : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत् उत्पादनको प्रचुर सम्भावलाई यथार्थमा परिणत गर्न निजी क्षेत्रले सहयोग गर्ने बताएका छन ।

आजदेखि यहाँ शुरु भएको ऊर्जा सम्मेलनको समापन कार्यक्रममा उनले नेपालमा जलविद्युत् उत्पादनको अथाह सम्भावना रहेको र पछिल्लो समय लगानीको वातावरणमा पनि सुधार हुँदै गएको स्पष्ट पारे । अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन ऊर्जा क्षेत्रका लगानीकर्ताहरुलाई आग्रह गरे ।

“नेपालमा जलविद्युत्लगायत अन्य ऊर्जा उत्पादनको प्रचुर सम्भावना रहेको छ । सरकारको नीति र प्राथमिकता पनि लगानी सहजीकरण गर्ने छ । हामीसँग नव उदीयमान विश्वका ठूला अर्थतन्त्रहरु छिमेकमै छन् । त्यहाँको बढ्दो बजार र मागलाई सम्बोधन हुने गरी नेपालमा लगानी ल्याउनुहोस् । निजी क्षेत्रको तर्फबाट हामी तपाईँलाई सहजीकरण र सहयोग गर्न तयार छौँ,” उनले भने ।

नेपालले गत वर्ष भारतमा विद्युत् निर्यात गरी ११ अर्ब रुपैयाँ आर्जन गरेको बताउँदै उनले बङ्गलादेशको बजारका लागि पनि सरकारीतहबाट सकारात्मक कुराकानी भइरहेको बताए । अध्यक्ष ढकालले नेपाल सरकार तथा अन्य सरोकारवालालाई समेत लगानी बढाउन सहजीकरण गर्न र लगानीको लागि थप वातावरण बनाउन आग्रह गरे ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : ३३ बजे

फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा प्राविधिक समस्या, एक्कासि चल्न छोडेपछि प्रयोगकर्ता प्रभावित

काठमाडौं । सामाजिक सञ्जालका लोकप्रिय प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा

सार्वजनिक सुरक्षाका लागि लुम्बिनी प्रहरीको नयाँ पहल, तीन दिने विशेष कार्यक्रम घोषणा

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक सुरक्षा, सामाजिक उत्तरदायित्व

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा

निजामती कर्मचारीको ट्रेड युनियन खारेज विरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजामती सेवामा दलीय ट्रेड युनियन खारेज