१५ माघ २०८२, बिहिबार | January 29, 2026

‘लाइटिङ’ प्रणालीमा समस्या आएपछि बन्द भएको हवाई उडान सञ्चालनमा



काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ‘रनवे लाइटिङ’ प्रणालीमा प्राविधिक समस्या आएपछि बन्द भएका हवाई उडान अहिले सञ्चालन भएको छ ।

आज साँझ ५ः३० बजेदेखि धावनमार्ग (रनवे) को ‘एयरफिल्ड लाइटिङ सिस्टम’मा समस्या आएपछि बन्द भएका हवाई उडान अहिले नियमित सञ्चालनमा आएको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए ।

उनले भने, “रनवेको एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि हवाई उडान केही घण्टा बन्द भएको थियो । अहिले हामीले वैकल्पिक प्रविधि प्रयोग गरी लाइटिङ प्रणाली सुचारु गरेसँगै बन्द भएका हवाई उडान सुरु भएका छन् ।”

बन्द भएका हवाई उडान सञ्चालन भएसँगै नेपाली वायुसेवाका आकाशमा ‘होल्ड’ गरिएका विमान अवतरण गरेका जनाउँदै अन्य डाइभर्ड भएका जहाजहरू पनि आउने क्रम जारी रहेका महाप्रबन्धक पाण्डेले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  १० : ३४ बजे

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको