काठमाडौं । एकीकृत समाजवादीले पार्टी पुनर्गठन गर्दै घनश्याम भुसाललाई संयोजक तोकेको छ । यसअघि उनी पार्टीका महासचिवको भूमिकामा थिए ।
अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको समूहले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरे पनि महासचिव भूसालले उक्त एकताप्रति असहमति जनाएका थिए ।
शनिबार भर्चुअल माध्यमबाट बसेको एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरूको बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भुसाललाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।
बैठकले मंसिरको पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ ।
यसअघि भुसालले नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा र नेकपा (नेत्रविक्रम चन्द ‘विप्लव’) का महासचिवसँग सहकार्य गर्ने सहमति जनाएका थिए ।


















प्रतिक्रिया