२८ माघ २०८२, बुधबार | February 12, 2026

धारा नेपालगञ्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य सम्झौता



नेपालगञ्ज । धारा नेपालगञ्ज म्याराथनले मलेसियामा दशक यात्रा पूरा गर्न सफल शीर्ष म्याराथन मध्येको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ । मलेसिया र सिंगालपुरमा रनिङ इभेन्ट सञ्चालन गर्दै आएको स्कोर स्पोर्ट्स म्यानेजमेन्ट र धारा नेपालगञ्ज म्याराथनबीच आपसी भाइचारा स्थापित गर्न संस्कृति विज्ञता सहितको सहयोग आदानप्रदान गर्ने सम्झौता भएको धारा नेपालगञ्ज म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

स्कोर म्याराथनका आयोजक स्कोर स्पोर्ट्स म्यानेजमेन्टका संस्थापक एवं सिईओ प्याट्रेसिया टेन र धारा नेपालगञ्ज म्याराथनका संस्थापक एवं अध्यक्ष टीएस ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । पहिलो चरणमा पाँच बर्षका लागि सम्झौता गरिएको र यसलाई आवश्यक परिमार्जनसहित समयावधि थप्दै जाने सहमति भएको नेपालगञ्ज म्याराथनका संस्थापक एवं अध्यक्ष ठकुरीले बताए । उनी विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को नेपालका लागि दुत पनि हुन् ।

‘मलेसियाको शीर्ष तीनभित्र पर्ने स्कोर म्याराथन वल्र्ड क्लास रोड रेस लेवल मान्यता प्राप्त म्याराथन हो, चालिस हजार भन्दा बढीले भाग लिने गर्छन्,’ संस्थापक ठकुरीले भने, ‘यो सम्झौताले नेपाली धावक, अफिसियल, भोलन्टियर लगायतलाई विश्व स्तरीय म्याराथनबाट अनुभव बटुल्ने, नयाँ केही सिक्ने अवसर अवश्य प्राप्त हुनेछ । हामी धेरै भन्दा धेरै युवालाई अन्तर्राष्ट्रिय एक्सपोजर दिलाएर नेपालका म्याराथन तथा समग्र खेलकुदका लागि दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो यो अभियान हो ।’

यो सम्झौताले नेपालका रनिङ इभेन्टहरुको अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार हुने र नेपालमा पर्यटक भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । सम्झौता अनुसार नेपालगञ्ज म्याराथनको सिफारिसमा खेलाडी, अफिसियल, भोलन्टियर लगायतलाई मलेसिया र सिंगापुरमा हुने स्कोर म्याराथनका सिरिजमा दर्ता र आतिथ्यता लगायतका सुविधा प्रदान गरिनेछ भने स्कोर म्याराथनलाई नेपालगञ्ज म्याराथन सिरिजमा सोही सुविधा प्रदान गरिेने उल्लेख रहेको अध्यक्ष ठकुरीले बताए ।

एघार बर्षदेखि अविराम सञ्चालन हुँदै आएको नेपालगञ्ज म्याराथनका भगिनी इभेन्टका रुपमा नेपालगञ्ज १० नाइट रन, गौघाट ग्रीन रन, राप्तीसोनारी नेचर रन, कर्णाली हाफ म्याराथन र काठमाडौंं २५ के हेरिटेज रेस रहेका छन् । त्यसैगरी नेपालगञ्ज म्याराथनकै आयोजनामा गत बर्षदेखि नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स समेत सुरुवात गरिएको छ । गौघाट ग्रीन रन र राप्तीसोनारी रनले दोस्रो संस्करण गर्न सफल भइसकेका छन् भने एम्स प्रमाणीकरण नेपालगञ्ज १० नाइट रन जेनजी विद्रोहपछिको बिषम् परिस्थितिका कारण असोज ३ गते हुन सकेन ।

यसलाई मंसिर ६ गते हुने धारा नेपालग्ञ्ज म्याराथनपछि मिति तय गरिने कार्यक्रम संयोजक कपिल थापाले बताए । साथै काठमाडौं २५ के हेरिटेज रेस समेत आगामी मे १ का दिन निरन्तरता दिइने र त्यसको अघिल्लो दिन नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्सको दोस्रो संस्करण गरिने संयोजक थापाले बताए । ‘स्कोर म्याराथन सिरिज ९मलेसिया–सिंगापुर० र नेपालगञ्ज म्याराथन सिरिज ९नेपालगञ्ज–काठमाडौं० बीचको सहकार्यले दुई रनिङ आयोजक, दुई सहर र दुई देशबीचको सम्बन्ध सुमधुर हुने भएकाले नेपाली पाहुनालाई स्वागत गर्न आफू आतुर रहेको स्कोर म्याराथनकी सिईओ प्याट्रेसियाले बताउनुभएको छ,’ संयोजक थापाले भने ।

यसअघि थाइल्याण्डको बाङ्सेनस्थित वल्र्ड क्लास इलाइट लेवल (बाङ्सेन ४२ र बाङ्सेन १००) र प्लेटिनम लेवल (बाङ्सेन २१०) सँग पनि नेपालगञ्ज म्याराथनको यस्तै सहयोग आदानप्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : २८ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी