६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु



धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज साँझ बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

काठमाडौँबाट गजुरीतर्फ आउँदै गरेको बा।प्र। ०१–०२७ च। ०३४० नम्बरको बोलेरोको ठक्करबाट सडक छेउमा हिँडिरहेका गल्छी–४ मास्टारका ७० वर्षीय यज्ञराज अधिकारीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

घटनापछि स्थानीयवासीले केहिबेर सडक अवरुद्ध गरेका थिए । ठक्कर दिने बोलेरोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ११ : २१ बजे

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ । खानीडाँडा-याम्खा-रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता