२३ चैत्र २०८२, सोमबार | April 6, 2026

भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै, छैटौँ वरीयतामा रहने



काठमाडौं । नेकपा (एमाले)ले कारबाही गरेपछि मातृभूमि जागरण अभियान, नेपाल सञ्चालन गर्दै आएका भीम रावल अब नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीले यही कात्तिक २६ गते दिउँसो १ः३० बजे राष्ट्रिय सभागृहमा रावललाई पार्टीमा भित्र्याउने औपचारिक कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

उक्त कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालसहित शीर्ष नेताहरूको उपस्थितिमा रावललाई औपचारिक रूपमा स्वागत गरिने भएको छ ।

रावललाई पार्टीमा भित्र्याउने तयारी स्वरूप आइतबार प्रचण्ड र माधव नेपाल निकट नेताहरूले उनलाई भेटघाट गरेका थिए ।

समायोजन पश्चात रावल पार्टीमा छैटौँ वरीयतामा रहने सहमति भएको बताइएको छ । पार्टीको नेतृत्व क्रममा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठपछि भीम रावलको स्थान रहनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ३ : ५८ बजे

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव