काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मंगलबार (कात्तिक २५) उनलाई पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०७/२४ गतेको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेस प्रदेशका प्रदेश प्रमुख श्रीमती सुमित्रा सुवेदी भण्डारीलाई मिति २०८२/०७/२५ गतेदेखि पदमुक्त गर्नुभएको छ ।”
सरकारले सोमबार (कात्तिक २४) उनको पदमुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । हालै उनले विवादबीच मधेसमा नेकपा (एमाले)का संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्, जसपछि राजनीतिक विवाद उत्पन्न भएको थियो ।
भण्डारी २०८० सालमा एमालेको सिफारिसमा मधेस प्रदेश प्रमुख बनेकी थिइन् । उनको पदमुक्तिसँगै प्रदेशमा नयाँ प्रमुख नियुक्त गर्ने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।




















प्रतिक्रिया