२५ चैत्र २०८२, बुधबार | April 8, 2026

ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न जेनजी मुभमेन्ट नेपालको माग



काठमाडौं । जेनजी मुभमेन्ट नेपालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । संगठनले घिसिङको संलग्नतामा “राष्ट्रघाती” विद्युत् खरिद सम्झौता भएको दाबी गर्दै उनलाई पदमुक्त गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।

जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहद्वारा मंगलबार (कात्तिक २५) जारी विज्ञप्तिमा भनिएको छ कि ऊर्जामन्त्री घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको मिलेमतोमा भारतको कम्पनी पीटीसी इन्डियासँग गैरकानुनी रूपमा विद्युत् खरिद सम्झौता गरिएको छ। उक्त सम्झौताबाट करिब ४३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी हुने उल्लेख विज्ञप्तिमा गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यो सम्झौता विद्युत् नियमन आयोगको स्वीकृतिबिना, व्यक्तिगत स्वार्थका लागि गरिएको छ। यसले देशको आर्थिक स्वाधीनता र राष्ट्रिय स्वार्थमाथि खुला प्रहार गरेको छ ।”

संगठनले घिसिङ र सिलवाल दुबैलाई भ्रष्टाचारमा संलग्न रहेको ठहर गर्दै तत्काल कारबाहीको माग गरेको छ । “ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ । प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौता सार्वजनिक गर्नुपर्ने, राष्ट्रघाती सम्झौतामा संलग्न व्यक्तिहरूलाई जेल हाल्ने र राज्यको नोक्सानी फिर्ता गराउने कानुनी प्रक्रिया तत्काल सुरु गर्नुपर्ने माग पनि गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १२ : ४३ बजे

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री