४ पुस २०८२, शुक्रबार | December 19, 2025

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदद्वारा सर्वोच्चमा रिट दर्ता, पेसी भोलि



काठमाडौं । मधेस प्रदेशमा हालसालै गरिएको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । कुल ११० सदस्यीय प्रदेशसभामध्ये दुईतिहाइभन्दा बढी सांसदले उक्त नियुक्ति असंवैधानिक भएको दाबी गर्दै पुनः संवैधानिक आह्वानका लागि अन्तरिम आदेश माग गरेका हुन् ।

सांसदहरूको हस्ताक्षरसहित रिट कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले सर्वोच्चमा दर्ता गरेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार रिटमा भोलिका लागि पेसी तोकिएको छ ।

मधेस प्रदेशमा एमालेले एक महिनाअघि कांग्रेस संसदीय दलका नेता यादवलाई समर्थन गर्दै सरकार गठनको प्रस्ताव दर्ता गरेको थियो । तर जनमत पार्टीको आन्तरिक विवादका कारण लोसपा नेपालका जितेन्द्र सोनाल मुख्यमन्त्री बनेका थिए। सोनालले बहुमत पाउने अवस्था नबनेपछि विश्वासको मत नमागीकन राजीनामा दिएका थिए ।

त्यसपछि मधेसमा सरकार गठनका विषयमा नयाँ राजनीतिक खिचातानी सुरु भएको थियो । कांग्रेस-एमाले गठबन्धन टुटेपछि कांग्रेसले सातदलीय गठबन्धन बनाएर नयाँ सरकार गठनको प्रयास थालेको थियो । यसबीचमा एमालेले संविधानको धारा १६८(३) अनुसार सबैभन्दा ठूलो दलका हैसियतमा सरकार गठनको पहल गरेको थियो ।

तर, सातदलीय गठबन्धनले भने संविधानको धारा १६८(२) अनुसारको प्रक्रिया बाँकी रहेको दाबी गर्दै मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको आरोप लगाएको छ । उनीहरूले प्रदेश प्रमुखले ‘उपचारका लागि काठमाडौं जाने’ भन्दै होटलमा नै एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री पदको शपथ दिलाएको भन्दै संवैधानिक मर्यादा उल्लंघन भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ३ : ३१ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको