१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

मातृभूमि जागरण अभियानका संयोजक डा रावललाई नेकपामा स्वागत



काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र मातृभूमि जागरण अभियान, नेपालबीच सङ्गठनात्मक एकता घोषणा भएको छ । राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले अभियानका संयोजक भीम रावललाई खादा र माला लगाएर पार्टीमा स्वागत गरे ।

कार्यक्रममा प्रमोदनारायण यादव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी श्रमजीवी पनि नेकपामै समाहित भएको छ । सो क्रममा नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाशबहादुर शाह, एमाले केन्द्रीय जलस्रोत विभागका सदस्य डा मोदराज बगाले, जनता समाजवादी पार्टी केन्द्रीय सदस्य भीमबहादुर थापा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को किसान सङ्घका महासचिव भगवानबहादुर कार्कीलगायत थुप्रै नेता नेकपामा समाहित भएका छन् ।

पार्टी एकता घोषणा सभामा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत नेता कार्यकर्ताको उपस्थिति रहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ३ : ४१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले