२३ चैत्र २०८२, सोमबार | April 6, 2026

मातृभूमि जागरण अभियानका संयोजक डा रावललाई नेकपामा स्वागत



काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र मातृभूमि जागरण अभियान, नेपालबीच सङ्गठनात्मक एकता घोषणा भएको छ । राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले अभियानका संयोजक भीम रावललाई खादा र माला लगाएर पार्टीमा स्वागत गरे ।

कार्यक्रममा प्रमोदनारायण यादव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी श्रमजीवी पनि नेकपामै समाहित भएको छ । सो क्रममा नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाशबहादुर शाह, एमाले केन्द्रीय जलस्रोत विभागका सदस्य डा मोदराज बगाले, जनता समाजवादी पार्टी केन्द्रीय सदस्य भीमबहादुर थापा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को किसान सङ्घका महासचिव भगवानबहादुर कार्कीलगायत थुप्रै नेता नेकपामा समाहित भएका छन् ।

पार्टी एकता घोषणा सभामा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत नेता कार्यकर्ताको उपस्थिति रहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ३ : ४१ बजे

फेवाताल जग्गा प्रकरणमा आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

काठमाडौं । भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ