२९ माघ २०८२, बिहिबार | February 13, 2026

एशियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको अध्यक्षमा नेपाल



काठमाडौँ । एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आजदेखि नेपालले गरेको छ । थाइल्याण्डको बैंककमा आज सम्पन्न एडिपिसिको बोर्ड अफ ट्रष्टिजको बैठकमा भारतको राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणका प्रमुख राजेन्द्र सिंहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टलाई नेतृत्व हस्तान्तरण गरे ।

यसअघि भारतका तर्फबाट त्यहाँको आपदा प्रबन्धन प्राधिकरणका प्रमुख सिंह सो संस्थाको अध्यक्ष थिए । बैठकमा नेपालसहित भारत, चीन, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, कम्बोडिया, फिलिपिन्स र श्रीलङ्काका सदस्यहरु सहभागी थिए ।

सन् २०२५–२०२६ का लागि एडिपिसिको अध्यक्षको जिम्मेवारी ग्रहणपछि कार्यकारी प्रमुख भट्टले अध्यक्षका रुपमा आफूले एडिपिसीको शासकीय प्रबन्ध, नेतृत्व र संस्थागत विकासको सवलीकरणमा बोर्ड सदस्यको थप क्रियाशीलताको अपेक्षा गरेको बताएको प्राधिकरणले जनाएको छ ।

उनले एडिपिसिका सदस्य राष्ट्रहरु, कार्यक्षेत्र रहेका राष्ट्रहरुका साथसाथै क्षेत्रीय तथा अन्तरराष्ट्रिय परिदृश्यमा दिगो विकास लक्ष्यहरु हासिल गर्न विपद् तथा जलवायु जोखिम न्यूनीकरणलाई अगाडि बढाउन एडिपिसिको विशिष्ट स्थान रहेको बताए ।

जिम्मेवारी ग्रहणलगत्तै एडिपिसी बोर्ड अफ ट्रष्टीको छैटौँ बैठक अध्यक्ष भट्टको अध्यक्षतामा बसेको थियो । एडिपिसिले एसिया र प्रशान्त क्षेत्रमा विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलनको लागि क्षमता अभिबृद्धिलगायत क्षेत्रीय कार्यक्रमको नेतृत्व गर्दछ । यी पहलहरु दीर्घकालीन उत्थानशीलता निर्माण गर्न नीतिगत समर्थन र बहुसरोकारवाला सहकार्यमा केन्द्रित रहेका छन् ।

एडिपिसी एक स्वायत्त अन्तरराष्ट्रिय संस्था हो । यसको मुख्यालय थाइल्याण्डको बैंककमा रहेको छ । यस अवधिमा सेन्टरको सह–अध्यक्षता पाकिस्तानले गर्नेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ९ : ४६ बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक