१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बुटवलमा शनिबार मैत्रीपूर्ण फुटसल प्रतियोगिता, २० भन्दा बढी क्लबको सहभागिता



बुटवल । रोट्रयाक क्लब अफ लुम्बिनी स्टारको आयोजनामा आगामी शनिबार बुटवलमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ । इन्टर-रोट्रयाक क्लबहरूबीच हुने यस प्रतियोगितामा २० भन्दा बढी क्लबले सहभागिता जनाउने भएका छन् ।

विहीबार तिलोत्तमामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष गौरव पाण्डेले प्रतियोगिताको उद्देश्य रोट्रयाक सदस्यबीच आपसी सद्भाव, सहकार्य र परिचय आदान-प्रदान बढाउनु रहेको बताए ।

बुटवलको योगिकुटीस्थित स्वर्णिम फुटसल एरिनामा आयोजना हुने प्रतियोगितामा महिला तथा पुरुष गरी दुई फरक इभेन्ट हुने खेल संयोजक प्रतीक अर्यालले जानकारी दिए ।

पुरुषतर्फको विजेताले १० हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेता टिमलाई ५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक अर्यालले बताए । साथै प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई विशेष सम्मान गरिनेछ ।

सामाजिक सेवा गतिविधिमा खर्च गर्ने उद्देश्यले रकम संकलन गर्न प्रतियोगिता आयोजना गरिएको क्लबका सचिव लक्ष्मण चौधरीले बताए । उनका अनुसार पुरुषतर्फ ३ हजार तथा महिलातर्फ २ हजार दर्ता शुल्क तोकिएको छ । हालसम्म पुरुषतर्फ १२ र महिलातर्फ ५ समूह दर्ता भइसकेका छन् ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको र शुक्रबार साँझ टाइशीट सार्वजनिक गरिने सचिव अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ८ : ०५ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत