२१ मंसिर २०८२, आइतबार | December 7, 2025

मतदाता नामावली दर्ता गर्ने म्याद मंसिर ५ गतेसम्मका लागि थपियो



काठमाडौं । मतदाता नामावली दर्ता गर्नेहरुको भीड दिनप्रतिदिन बढ्न थालेपछि निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप गरेको छ।

यसअघि आयोगले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको भएपनि नाम दर्ता गर्न आउनेहरुको चाप नघटेपछि ५ दिनका लागि म्याद थप गरेको हो । म्याद थपिएसँगै अव मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने छ।

आयोगले शुक्रबार विज्ञप्ति प्रकाशित गरी मतदाता नामावली संकलनको म्याद ५ दिन थप गरिएको जनाएको छ।

‘पछिल्लो समयमा मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी नागरिकहरुको सहजता र सुविधाका लागि आयोगको मिति ( २०८२र७र२८ को निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि २०८२र८र५ सम्मका लागि थप गरिएको छ’, आयोगले भनेको छ ।

थप गरिएको अवधिमा मतदाता नामावलीमा नामदर्ता गराउन राष्ट्रिय परिचय पत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेको प्रि रजिस्ट्रेसन सिस्टम मार्फत आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औंठाछाप) दिएर सेवा लिन सकिने पनि आयोगको सूचनामा उल्लेख छ ।

कात्तिक २७ गते साँझ सम्ममा कुल २ लाख ५७ हजार ५०५ नयाँ मतदाताहरुले मतदाता नामावलीमा नाम दर्ता गराएको आयोगले जनाएको छ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ९ : ०० बजे

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा