३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

बुटवलमा सार्वजनिक सुनुवाइ सम्पन्न : सेवाग्राहीका गुनासा र सुझावप्रति नगरप्रमुखको प्रतिबद्धता



बुटवल । बुटवल उपमहानगरपालिकासहित मातहतका कार्यालयहरूले प्रदान गर्दै आएको सेवालाई लिएर गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार बुटवल-१२, नयाँगाउँमा सम्पन्न भएको छ । कार्यक्रम बुटवल उपमहानगरपालिकाको आयोजना तथा बुद्ध सामुदायिक टेलिभिजनको सहजीकरणमा भएको थियो ।

सुनुवाइमा सहभागी सेवाग्राहीहरूले रातिको समयमा युवाहरूले मोटरसाइकल चर्को आवाजमा कुदाउँदा निदाउन गाह्रो हुने, सडकबत्तीको महशुल उपभोक्तामाथि परेको भार, सडकका खाल्डाखुल्डी नपुरिएको कारण दुर्घटनाको जोखिम बढेको जस्ता गुनासा राखे ।

त्यस्तै, उनीहरूले बजारका चोक र जोखिम क्षेत्रहरूमा हाइमास्ट लाइट र सिसीटिभी क्यामेरा जडान गर्नुपर्ने, विद्यालय वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरणमा कडाइ गर्ने, पालिका तथा वडामा इन्टरनेट सुविधा विस्तार गर्ने लगायतका मागहरू पनि प्रस्तुत गरे ।

जिज्ञासामा जवाफ दिँदै नगर प्रमुख खेलराज पाण्डेयले सीमित स्रोत-साधनका बाबजुद नगरवासीलाई अधिकतम सेवा दिन प्रयासरत रहेको बताए । उनले जनस्तरबाट आएका सुझाव र गुनासाहरूलाई मार्गदर्शकको रूपमा लिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नगर प्रमुख पाण्डेयले बुटवललाई भौतिक पूर्वाधारसँगै मानवीय स्रोत विकासमा समेत देशकै नमुना शहर बनाउने योजना रहेको उल्लेख गर्दै सबैको सहयोग अपरिहार्य हुने बताए ।

उपप्रमुख सावित्रा देवी अर्यालले एक-दुई जनप्रतिनिधिको प्रयासले मात्र बुटवलको रुपान्तरण सम्भव नभएको भन्दै विकास र सुधारका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा बुद्ध सामुदायिक टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवालीले बुटवल उपमहानगरपालिका तथा मातहतका कार्यालयहरूको सेवा प्रवाह सम्बन्धी सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

करीब २०० जनाको सहभागिता रहेको कार्यक्रम बुटवल-१२, १३ र १४ का स्थानीयलाई लक्षित गरी आयोजना गरिएको जानकारी अनुगमन तथा मूल्यांकन शाखा प्रमुख लक्ष्मी अर्यालले दिएकी थिइन् ।

यस्तै, बुटवल उपमहानगरपालिकाले हिजो (बिहीबार) आर्थिक वर्ष २०८१/०८२ को सामाजिक परीक्षणसम्बन्धी प्रारम्भिक प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रम पनि सम्पन्न गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत तुल्सा अर्यालले जानकारी दिइन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ७ : २९ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय