१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

एमालेले आज बुटवलसहित देशभर जनसभा तथा जनप्रदर्शन गर्दै



बुटवल । नेकपा एमालेले आज रुपन्देहीको बुटवलसहित देशभरका ७७ वटै जिल्लामा जनसभा तथा जनप्रदर्शन गर्दैछ । पार्टीले ‘प्रतिगामी षड्यन्त्रविरुद्ध, संविधान तथा लोकतन्त्रको संरक्षण र संसद पुनःस्थापना’को मागसहित देशव्यापी आन्दोलन सञ्चालनमा ल्याएको हो ।

एमालेका अनुसार भदौ २४ पछि उत्पन्न राजनीतिक घटनाक्रम, असंवैधानिक रूपमा गरिएको संसद विघटन, तथा पार्टीको आगामी राजनीतिक दिशाबारे जनतामाझ स्पष्ट सन्देश दिन प्रदर्शन आयोजना गरिएको हो ।

यसअघि एमालेले मंगलबार देशभरका ७५३ स्थानीय तहमा भेला तथा कात्तिक २२ गते ६ हजार ७४३ वडामा संगठनात्मक कार्यक्रम सम्पन्न गरिसकेको छ । घोषित कार्यक्रमअनुसार एमाले मंसिर ६ गते काठमाडौंमा वृहत् जनप्रदर्शन गर्ने तयारीमा छ ।

रुपन्देहीमा जनसभा लोकतन्त्र र संविधानको रक्षा, साथै जेनजी समुदायका माग सम्बोधनका एजेन्डासहित आयोजना भएको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले बताए । उनका अनुसार रुपन्देहीका १६ वटै स्थानीय तहबाट हजारौँ कार्यकर्ता, समर्थक र स्थानीयवासीको उत्साहजनक उपस्थिति रहनेछ । “रुपन्देहीमा ऐतिहासिक जनप्रदर्शन हुनेछ,” गैरेले भने, “हाम्रो मुख्य सन्देश लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षा हो ।”

बिहान ११ बजे राजमार्ग चौराहाबाट सुरु हुने मार्चपास बुटवलको ट्राफिक चोकमा आइपुगेर सभामा परिणत हुने जानकारी एमाले रुपन्देहीका प्रचार प्रमुख मिनप्रसाद पौडेलले दिए । जनसभाका लागि विभिन्न कमिटी, जनवर्गीय संगठन र स्थानीय संरचनालाई जिम्मेवारी तोकिएको उनले बताए ।

जनसंगठन समन्वय समिति रुपन्देहीका प्रमुख बाबुराम पन्थीका अनुसार २३ वटै जनवर्गीय संगठनका प्रतिनिधिहरूले प्रदर्शनमा उत्साहपूर्ण सहभागिता जनाउनेछन् । “सबै संगठनलाई आवश्यक तयारी र जिम्मेवारी बाँडफाँड गरिएको छ, जनप्रदर्शन ऐतिहासिक र भव्य हुनेछ,” पन्थीले भने ।

जेनजी समुदाय, युवा तथा आम रुपन्देहीबासीलाई सहभागिताका लागि विशेष अपिल गरिएको छ । एमालेका नेताहरूका अनुसार जेनजी समुदायका माग संविधान संशोधनमार्फत मात्र सम्बोधन हुने भएकाले प्रतिनिधिसभा पुनःस्थापना अनिवार्य छ। “एमाले जेनजीका मागलाई संस्थागत रूपमा अघि बढाउने एकमात्र शक्ति हो,” पन्थीले भने ।

सभा शान्तिपूर्ण, अनुशासित र व्यवस्थित होस् भन्ने हेतुले सुरक्षादल, ट्राफिक व्यवस्थापन तथा अन्य संयन्त्रहरूसँग आवश्यक समन्वय गरिएको एमाले रुपन्देहीले जनाएको छ । जनसभामा पार्टीका विभिन्न नेताहरूले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ७ : ५२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले