२२ चैत्र २०८२, आइतबार | April 6, 2026

क्रियाशिल पत्रकार महिलाले सञ्चार संस्थालाई लैंगिक निर्देशिका जारी गर्नका लागि खबरदारी गर्ने



नेपालगञ्ज । क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) को १८औं वार्षिकोत्सव बाँकेको नेपालगन्जमा भब्यरुपमा मनाइएको छ । डब्लुडब्लुजे बाँकेको आयोजनामा आज नेपालगञ्जमा आयोजित बार्षिकोत्सव समारोहको क्रियाशिल पत्रकार महिलाकी केन्द्रीय अध्यक्ष रामकला खड्काले उदघाटन गरिन् ।

डब्लुडब्लुजे बाँकेकी अध्यक्ष सावित्री गिरीको अध्यक्षतामा भएको उदघाटन समारोहमा बोल्दै अध्यक्ष खड्काले पत्रकार महिलाको संख्यात्मक र गुणात्मक विकासका लागि क्रियाशील पत्रकार महिला संगठित भएको बताउँदै संस्थाले महिला पत्रकारका क्षेत्रमा काम गरिरहेको जानकारी दिइन् ।

संस्थाका लुम्बिनी प्रदेश अध्यक्ष लीला शाहले पत्रकार महिलाहरुको भबिष्य पत्रकारिता क्षेत्रमा राम्रो रहको बताउदै निरन्तरताका लागि सबैको समन्वयात्मक भुमिका आवश्यक रहेको बताइन् ।

समारोहमा लुम्बिनी प्रदेश अध्यक्ष लिला शाह, बाँकेकी संस्थापक अध्यक्ष अछरी पोखरेल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगञ्ज उपमहानगरपालिका महिला शाखा प्रमुख पवित्रा पुरीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

वाषिकोत्सवको अवसरमा क्रियाशिल पत्रकार महिला बाँकेले संस्थापक अध्यक्ष अछरी पोखरेल र एक्टिंग स्टारकी विजेता नेपालगञ्ज निवासी कलाकार नविना रानाभाटलाई सम्मान गर्नुका साथै ‘उदाउँदो पत्रकार पुरस्कार’ बाट नवोदीत क्रियाशिल पत्रकार सन्ध्या गैरेलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

वार्षिकोत्सवकै अवसरमा डब्लुडब्लुजे बाँकेले प्रकाशन गरेको ‘हाम्रो आवाज’ नामक स्मारिका पनि सार्वजनिक गरिएको थियो । कार्यक्रमकी प्रमुख अतिथि केन्द्रीय अध्यक्ष खड्काले स्मारिका बिमोचन गरेकी थिइन् ।

यसैगरी नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाह, पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षद्वय निरज गौतम र झलक गैरे, प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्री, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, सञ्चारिका समूहकी लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, सञ्चारिका समूह बाँकेकी अध्यक्ष पवित्रा परियार, अग्रज पत्रकार शंकर प्रसाद खनाल, नागरिक समाज बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, महिला उद्यमी तारा रोकाय लगायतले पनि शुभकामना दिएका थिए ।

औपचारिक कार्यक्रम पश्चात पत्रकार महिलाहरुको भेला आयोजना गरिएको थियो । भेलाले १० बुँदे घोषणापत्र जारी गरेको डब्लुडब्लुजे बाँकेकी अध्यक्ष गिरीले जानकारी दिइन् । घोषणापत्रमा पत्रकार महिलाको पेशागत हकहितका लागि सक्रियता बढाउने, क्षमता विकासका कार्यक्रम र प्रविधिवारे जानकारी गराउने, मिडियालाई लैंगिकमैत्री बनाउनका लागि सञ्चार संस्थालाई लैंगिक निर्देशिका जारी गर्नका लागि खबरदारी गर्ने उल्लेख छ ।

त्यसैगरी मिडिया हाउसहरुमा पत्रकार महिलाहरुको नेतृत्व बढाउनका लागि पहल गर्ने, कार्यस्थलमा हुने यौनजन्य हिंसा तथा दुव्र्यवहारविरुद्धका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, महिला पत्रकारका लागि डिजिटल सुरक्षा तालिम, अनलाइन दुव्र्यवहार प्रणालीमा र तथ्य जाँचमा जोड दिने, पत्रकार महिलाका लागि खोज पत्रकारिता तालिम, फेलोसिप र लेखनवृत्तिको अवसर प्रदान गर्ने र बाँकेमा कार्यरत पत्रकार महिलाहरुको अवस्था, चुनौती र अवसरका विषयमा अध्ययन तथा अनुसन्धान गर्ने घोषणापत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ९ : ०४ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको