काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीसँग पार्टी एकतासम्बन्धी छलफल अघि बढेपछि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ।
जसपाले भोलि मंसिर १ गते दिउँसो कार्यकारिणी बैठक बस्ने जनाएको छ। सो बैठकमा नेकपासँग सम्भावित पार्टी एकता वा मोर्चा गठनबारे पार्टीले लिनुपर्ने निर्णयहरूमा विस्तृत छलफल हुने बताइएको छ।
शनिबार प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग भएको वार्तालाई जसपाका नेताहरूले सकारात्मक भएको बताएका छन्।
उक्त वार्तामा जसपाको तर्फबाट वार्ता टोली संयोजक राजेन्द्र श्रेष्ठ नेतृत्वको समूह सहभागी थियो। नेकपाको तर्फबाट हमालसहित देव गुरुङ र वर्षमान पुन उपस्थित रहेका थिए।


















प्रतिक्रिया