२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

नेवाः पुच बुटवलको २५ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशन सम्पन्न, काजीमान श्रेष्ठ पुनः अध्यक्ष



बुटवल । श्री नेवाः पुच (नेवा सेवा समाज विकास परिषद) केन्द्रीय कार्यालय बुटवलले आफ्नो २५औं वार्षिक साधारण सभा तथा ९औं अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट काजीमान श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।

सभामा अध्यक्ष श्रेष्ठले विगतको काम र उपलब्धिहरूको समीक्षा गर्दै आगामी योजनाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरे । उनले संस्थाले सांस्कृतिक पहिचान संरक्षण र समुदाय विकासमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै फलबारीमा निर्माण भइरहेको शंखधर साख्वा वाटिकाको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले नेवाः समुदायले नगरको सांस्कृतिक विविधता जोगाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । उनका अनुसार नगरपालिका आगामी दिनमा पनि यस किसिमका सांस्कृतिक तथा सामुदायिक कार्यक्रमसँग साझेदारीमा काम गर्न तत्पर रहनेछ । “नेवाः पचको सक्रियता र समर्पणले बुटवललाई सांस्कृतिक शहरको रूपमा चिनाउन मद्दत पुर्‍याएको छ । परम्परा र पहिचान जोगाउन गरेको प्रयास प्रशंसनीय छ,” उनले भने ।

अध्यक्ष श्रेष्ठले सापारु (गाईजात्रा) पर्वका लागि सार्वजनिक बिदा लागू गराउन नेवाः पचले गरेको निरन्तर पहलबाट संघीय सरकारले २०७८ सालदेखि नै उक्त पर्वको दिन सार्वजनिक विदा दिएको उल्लेख गरे । यस वर्ष बुटवल उपमहानगरपालिकाले पनि स्थानीय बिदा दिएकोमा उनले आभार व्यक्त गरे । संस्थाले गत वर्ष अक्षयकोषमा रकम वृद्धि, क्रियापुत्री भवनमा सुविधा विस्तार, कल्याण कोष सुदृढीकरण, कार्यालयमा सुधार र आयकर चुक्ता प्रमाणपत्र प्राप्त गर्ने जस्ता काम सम्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ । साथै, तामनगर मन्दिरलाई सहयोग, नेपाल सम्बत स्वागत कार्यक्रम सफलतापूर्वक सञ्चालन, भाषा र संस्कृतिसम्बन्धी कार्यक्रमहरूको आयोजना लगायतका गतिविधि पनि गरिएको थियो ।

 

सभामा जेष्ठ नागरिकलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो । साथै, एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सिजनमान सैजु र सुदिक्षा श्रेष्ठलाई छात्रवृत्ति प्रदान गरियो । नयाँ आजीवन सदस्यहरूलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । बुटवल उपमहानगरपालिकाका वडा नं. ९ का अध्यक्ष प्रदिप कुमार श्रेष्ठ, भिमसेन नेवा समाजका अध्यक्ष सहदेव श्रेष्ठ, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, र नेपाल मगर संघकी बसन्ती साठिघरे लगायतले समुदायले पहिचान विकासमा सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे ।

अधिवेशनबाट काजीमान श्रेष्ठ पुनः अध्यक्ष चयन भएका छन् । अन्य नयाँ पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा रविन्द्र कक्षपति, उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा विक्रम कुमार राजभण्डारी, सह-सचिवमा हिरा कुमारी श्रेष्ठ र कोषाध्यक्षमा तुप्ला लाकौल छन् । सदस्यमा दिल्लीकुमार श्रेष्ठ, अजय श्रेष्ठ, निर्मला श्रेष्ठ, दिब्य राजभण्डारी, समा श्रेष्ठ, दिपक कुमार श्रेष्ठ, आनन्द श्रेष्ठ, सिता श्रेष्ठ, दिपक श्रेष्ठ, सम्झना श्रेष्ठ र सजन कुमार श्रेष्ठ चयन भएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १२ : १० बजे

उपसभामुखमा सरस्वती लामाको उम्मेदवारी दिने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले प्रतिनिधिसभाको उपसभामुख

उपसभामुखमा रुबी कुमारी ठाकुरको उम्मेदवारी, रास्वपाको समर्थन

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट रुबीकुमारी

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे, प्रमाण नपुगेपछि म रिहा भए : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा

‘लाइसेन्स’ छपाइ तीव्र गतिमा

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी