२२ चैत्र २०८२, आइतबार | April 5, 2026

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाइने



काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच संयुक्त सीमा गस्ती र सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सहकार्य बढाउने समझदारी भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र भारतको सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक संजय सिङ्घल नेतृत्वको भारतीय प्रतिनिधिमण्डलबीचको द्विपक्षीय नवौँ समन्वयात्मक बैठकमा सीमा अपराध नियन्त्रण, लागूऔषध ओसारपसार नियन्त्रणलगायत बारेमा छलफल भएको थियो ।

यस्तै सीमा क्षेत्रमा हुने अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, अवैध आवतजावत नियन्त्रण, सूचना तथा तालिम आदानप्रदान गर्नेबारेमा विचारविमर्श भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

यही कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा सञ्चालित सो बैठकमा गत मङ्सिरमा काठमाडौँमा सम्पन्न आठौं समन्वयात्मक बैठकबाट पारित एजेण्डा कार्यान्वयको विषयमा समीक्षा भएको थियो । बैठकबाट पारित साझा धारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र आगामी रणनीतिका विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १२ : ५९ बजे

स्थानीयसँगको सहमतिपछि बुटवलको फोहोर उठ्न थाल्यो

बुटवल । केही दिनदेखि अवरुद्ध रहेको फोहोर व्यवस्थापन कार्य बुटवलमा

सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

काठमाडौं । ‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’

सभामुख अर्यालको शपथ आजै हुने

काठमाडौं । नवनिर्वाचित सभामुख डोल प्रसाद (डीपी) अर्यालले आजै शपथ

सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य स्थिर छ ।

प्रतिनिधिसभाको सभामुखमा डोरप्रसाद अर्याल निर्विरोध निर्वाचित

काठमाडौं। प्रतिनिधि सभाको सभामुख पदमा डोरप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका