३० असार २०८३, मंगलबार | July 14, 2026

मतदाता नामावली दर्ताको म्याद मंसिर ५ सम्म थप, प्रधानमन्त्रीले गरिन नागरिक सहभागिताको आग्रह



काठमाडौं । मतदाता नामावली दर्तामा देखिएको बढ्दो उत्साह र चापलाई मध्यनजर गर्दै निर्वाचन आयोगले दर्ता म्याद मंसिर ५ सम्म थप गरेको छ।

आयोगको सो निर्णयपछि प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सबै नागरिकलाई सक्रिय रूपमा नाम दर्ता गराउन आग्रह गरेकी छिन्।

प्रधानमन्त्री कार्कीले आफ्नो स्टाटसमा लेखेकी छन्—
“मतदाता नामावली दर्तामा बढ्दो उत्साह र चापलाई ध्यानमा राखी निर्वाचन आयोगले मंसिर ५ सम्म नाम दर्ताको म्याद थप गरेको छ। साथै अब सबै नागरिकले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन दर्ता गरेर सहज रूपमा मतदाता परिचयपत्र लिन सकिने छ।”

निर्वाचन आयोगका अनुसार, पछिल्ला दिनहरूमा देशभरका दर्ता केन्द्रमा अत्यधिक भीड बढेपछि समय थपिएको हो। आयोगले अनलाइन प्रणालीमार्फत नाम दर्ता र अद्यावधिक गर्न सकिने व्यवस्था लागू गरेपछि दर्ता प्रक्रिया झनै सहज हुने अपेक्षा व्यक्त गरेको छ।

आयोगले दर्ता म्याद थपसँगै आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारी तीव्र पारिएको जनाएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह र प्रशासनिक निकायहरूसँग समन्वय बढाइएको आयोगको भनाइ छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १ : २३ बजे

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन ।नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च