१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

मतदाता नामावली दर्ताको म्याद मंसिर ५ सम्म थप, प्रधानमन्त्रीले गरिन नागरिक सहभागिताको आग्रह



काठमाडौं । मतदाता नामावली दर्तामा देखिएको बढ्दो उत्साह र चापलाई मध्यनजर गर्दै निर्वाचन आयोगले दर्ता म्याद मंसिर ५ सम्म थप गरेको छ।

आयोगको सो निर्णयपछि प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सबै नागरिकलाई सक्रिय रूपमा नाम दर्ता गराउन आग्रह गरेकी छिन्।

प्रधानमन्त्री कार्कीले आफ्नो स्टाटसमा लेखेकी छन्—
“मतदाता नामावली दर्तामा बढ्दो उत्साह र चापलाई ध्यानमा राखी निर्वाचन आयोगले मंसिर ५ सम्म नाम दर्ताको म्याद थप गरेको छ। साथै अब सबै नागरिकले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन दर्ता गरेर सहज रूपमा मतदाता परिचयपत्र लिन सकिने छ।”

निर्वाचन आयोगका अनुसार, पछिल्ला दिनहरूमा देशभरका दर्ता केन्द्रमा अत्यधिक भीड बढेपछि समय थपिएको हो। आयोगले अनलाइन प्रणालीमार्फत नाम दर्ता र अद्यावधिक गर्न सकिने व्यवस्था लागू गरेपछि दर्ता प्रक्रिया झनै सहज हुने अपेक्षा व्यक्त गरेको छ।

आयोगले दर्ता म्याद थपसँगै आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारी तीव्र पारिएको जनाएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह र प्रशासनिक निकायहरूसँग समन्वय बढाइएको आयोगको भनाइ छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १ : २३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले