२९ माघ २०८२, बिहिबार | February 12, 2026

जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजको भिडन्तसँगै एनपीएलको दोस्रो संस्करण आजदेखि सुरु



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने खेलले प्रतियोगिताको औपचारिक सुरुआत गर्नेछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले यसपटक पनि सम्पूर्ण खेल कीर्तिपुरमै आयोजना गर्ने तयारी गरेको छ । दिउँसो र साँझ गरी खेलहरू सञ्चालन हुनेछन् । क्यानले पहिलो खेलका टिकट तीन दिनअघि नै सकिएको बताएको छ । क्यानका सचिव पारस खड्काले दर्शकको उत्साहलाई स्वागत गर्दै बाँकी दर्शकलाई खेल टेलिभिजनबाट हेर्न आग्रह गरेका छन् ।

प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरूप रु एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो ।

त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने रु ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु २५ लाख तथा चौथो हुनेले रु १५ लाख प्राप्त गर्नेछ । एनपिएल दोस्रोका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ । पहिलो दिनको खेलको टिकट दुई दिन अगाडि नै बिक्री भइसकेको छ ।

उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ रु एक हजार ५०० राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ रु दुई हजार राखिएको छ । क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार तय गरेको छ ।

एनपीएल मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ । यसवर्षको संस्करणमा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । जनकपुर बोल्ट्स, काठमाण्डु गोर्खाज, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले उपाधिका लागि खेल्नेछन् । लिग चरणपछि तीन प्लेअफ र एक फाइनल गरी जम्मा ३२ खेल हुँदैछन् ।

प्रतियोगिताको दोस्रो दिन मंगलबार चितवन राइनोज र कर्णाली याक्सको खेल हुनेछ भने त्यसपछि विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाली क्रिकेटमा लोकप्रियता बढाउँदै आएको एनपिएलको यो संस्करण पनि प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ६ : ५९ बजे

रुकुमपूर्व पुगे प्रचण्ड, लुकुमका स्थानीयले गरे खाम मगर संस्कृतिअनुसार स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा रुकुम पूर्वका उम्मेदवार

इटालीविरुद्ध नेपालको कमजोर ब्याटिङ, जम्मा १२३ रनको योगफल

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा

यी संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा माग्न नपाउने

काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन खर्चका लागि भन्दै आर्थिक सहयोग

डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

डडेल्धुरा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा

हिउँले सेताम्मे मनाङका मतदान केन्द्र

मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति