काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले औपचारिक रूपमा नयाँ राजनीतिक दल गठन गरेका छन् । ‘सम्मुनत नेपाल पार्टी’ नामक पार्टी दर्ताका लागि कात्तिक ३० गते निर्वाचन आयोगमा निवेदन बुझाइएको हो ।
पार्टी दर्ता निवेदन राजबाबु यादवले आयोगमा बुझाएका छन् । खनालका अनुसार, देशलाई आफैँले बनाउने र नेतृत्व पनि नागरिककै हातमा हुनुपर्ने दृष्टिकोणका साथ पार्टी स्थापना गरिएको हो ।
पूर्व आईजीपी खनाल २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) तर्फबाट काठमाडौं-६ मा उम्मेदवार बनेका थिए । तर, उनले पराजय बेहोर्नु परेको थियो । त्यसपछि तनहुँ-१ को उपनिर्वाचनमा पनि उनी पराजित भएका थिए ।
खनालले अब नयाँ राजनीतिक दलमार्फत ‘राष्ट्रिय स्वाभिमान, सुशासन र समृद्धिको’ एजेन्डा लिएर सक्रिय राजनीति अघि बढाउने तयारी गरेका छन् ।


















प्रतिक्रिया