९ चैत्र २०८२, सोमबार | March 23, 2026

विप्लवको पार्टीको नाम नेकपा माओवादी, चुनाव चिन्ह गुलाव



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र र चुनाव चिन्ह पाएको छ । आयोगले विप्लवलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नामको दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह गुलावको फूल प्रदान गरेको छ ।

दल दर्ताको प्रमाणपत्र पाए लगत्तै पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै विप्लवले नेपाल कम्युनिस्ट पार्टी माओवादी नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियानका साथ निर्वाचनमा जाने जानकारी दिए । उनले दल दर्तासँगै नयाँ अभियान सुरु भएको जनाउँदै भोलिबाट हामी देशभरि नयाँ अभियानमा अघि बढ्ने जानकारी दिए ।

विःलवले सर्वपक्षीय अन्तरिम सरकार बनाउन सकिए सबै दलहरूलाई चुनावमा लिएर जान र नयाँ व्यवस्था निर्माण गर्न सकिने निष्कर्ष आफ्नो दलको रहेको स्पष्ट पारे । अघिल्ला निर्वाचनहरु बहिस्कार गरेको र बन्दुकबाट मात्र सत्ता प्राप्त हुन सक्छ भन्ने अडानका साथ प्रचण्ड नेतृत्वको पार्टीबाट अलग भएका विप्लवको पार्टीलाई गुलाव चुनाव चिन्ह प्राप्त भएपछि सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ३ : २२ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय