१० भदौ २०८३, बुधबार | August 26, 2026

सिमरा घटना जेनजीको भावना होइन, दुरुपयोग हो : कांग्रेस महामन्त्री शर्मा



काठमाडौं । बाराको सिमरामा एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई राजनीतिक कार्यक्रममा जान रोक्न खोजिएपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले असन्तुष्टि जनाएका छन् ।

शर्माले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले सिमरामा भएको झडपलाई “दुःखद” भन्दै चुनावी वातावरण निर्माण नहुँदा समस्या बढ्ने चिन्ता व्यक्त गरेका छन् ।

शर्माले प्रधानमन्त्री सुशीला कार्कीलाई मेन्सन गर्दै “एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ?” भनेर प्रश्न गरेका छन्।

उनले सामाजिक सञ्जाल प्रयोगमा लक्षित प्रतिबन्धको विरोधमा उभिने जेनजी समूह कसैको भ्रमण तथा गतिविधिमाथि रोक लगाउने पक्षमा उभिनै नसक्ने भन्दै सिमराको घटना वास्तविक जेनजी भावना नभई त्यसको “दुरुपयोग” भएको टिप्पणी गरेका छन् ।

शर्माले निषेधको राजनीति नगर्न सबैलाई आग्रह गर्दै, भनेका छन्, “निषेधको राजनीति कसैले नगरौं १” भनेर समावेशी र सहिष्णु राजनीतिक वातावरण निर्माणमा जोड दिएका छन्।

सिमरामा एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई रोक्न खोजने जेनजी युवा र एमाले कार्यकर्ताहरुबीच झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
https://x.com/bishwaprakash77/status/1991045877876814127

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  २ : ०६ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट