६ माघ २०८२, मंगलबार | January 20, 2026

एमसीसी नेपाल कम्प्याक्टका लागि थपियो अतिरिक्त ५ करोड डलर



काठमाडौं । एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ करोड डलर अनुदान सहयोग सुनिश्चित भएको छ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) को अनुदान रकम थप गर्ने भएको हो ।

योसँगै उक्त सम्झौता अन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर ९करिब १ खर्ब ६ अर्ब रुपैयाँ० पुगेको छ, जसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ ।

यो थप स्रोतले प्राथमिकता प्राप्त विद्युत् प्रसारण पूर्वाधार पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणाली सुदृढीकरण गर्ने र क्षेत्रीय ऊर्जा व्यापार अभिवृद्धि सम्भव बनाउने जस्ता मुख्य उद्देश्य पूरा गर्न मद्दत गर्ने अमेरिकी दूतावासले जनाएको छ ।

ऊर्जा ग्रिडको विश्वसनीयता र बजार पहुँचमा सुधार गरी यस सम्झौताले अन्तर्राष्ट्रिय “कनेक्टिभिटी” मा सहयोग पुर्‍याउने र ऊर्जा पूर्वाधारमा अमेरिकी उत्कृष्टता तथा असल अभ्यासहरूको प्रवर्द्धन गर्ने दूतावासले अपेक्षा राखेको छ।

अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा लेखिएको छ – ‘दशकौंसम्म हाम्रा देशहरूले आर्थिक वृद्धि, ऊर्जा सुरक्षा र पारस्परिक समृद्धि अघि बढाउन सँगै काम गरेका छन्, एमसीसी नेपाल सम्झौताले उच्च प्रभावयुक्त पूर्वाधारमा केन्द्रित, ऋणरहित र अनुदानमा आधारित सहायता मार्फत उक्त इतिहासलाई निरन्तरता दिएको ।’

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ३ : २४ बजे

महावीर पुनले गराए म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस सभापति गगन थापाले फेरे निर्वाचन क्षेत्र, सर्लाही-४ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो निर्वाचन क्षेत्र