२१ भदौ २०८३, आइतबार | September 6, 2026

प्रदेश सभामुख मण्डल पदमुक्त



काठमाडौं । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदीय आचरण विपरीत गतिविधि गरेको आरोपमा पदमुक्त भएका छन् । बुधबार प्रदेशसभामा प्रस्तुत गरिएको पदमुक्तिको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएपछि मण्डलको पद स्वतः खारेज भएको हो ।

आज भएको मतदानमा प्रस्तावको पक्षमा ७६ जना प्रदेशसभा सदस्यले समर्थन जनाए भने विपक्षमा एक मत पनि परेन । गत कार्तिक २७ गते सात दलका ६४ जना सदस्यले सभामुख मण्डलविरुद्ध पदमुक्तिको प्रस्ताव दर्ता गराएका थिए ।

बैठक आह्वानको प्रक्रियामा पनि निरन्तर विवाद उत्पन्न भएको थियो। प्रस्ताव दर्तापछि सभामुखले बैठक आह्वान नगरेपछि मंगलबार ३२ जना सदस्यले उपसभामुख बबिता राउत ईशरलाई बैठक बोलाउन पत्र दिएका थिए । त्यसपछि उनले आज दिउँसो १ बजेका लागि बैठक तोके पनि सचिव अनुपस्थित र सदनभित्र विद्युत काटिएको कारण बैठक बोलाइएका दुई घण्टासम्म सुरु हुन नसकेको प्रदेशसभा स्रोतले जनाएको छ । पछि ३ बजेर १० मिनेटका लागि पुनः बैठक बोलाइएको थियो ।

प्रदेशसभा सचिव बासुप्रसाद कोइराला सदनमा आइपुगेपछि बैठक प्रारम्भ भयो । तर बैठक प्रारम्भ भएलगत्तै नेकपा एमालेकी सांसद शारदा देवी थापाले सरकार पक्षको अनुपस्थितिलाई नियमापत्ति भन्दै आपत्ति जनाएपछि बैठक १० मिनेटका लागि स्थगित भएको थियो ।

पुनः बसेको बैठकमा प्रस्ताव प्रस्तुत गरिएको थियो । प्रस्तावमाथि सांसदहरूले धारणा व्यक्त गरेपछि सभामुख मण्डललाई स्पष्टीकरण दिन समय दिइएको थियो। तर उनी बैठकमा उपस्थित नभएपछि मत विभाजन प्रक्रिया सुरु गरिएको हो ।

मधेस प्रदेशमा देखिएको पछिल्लो राजनीतिक विवाद तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई सरकार गठनका लागि आह्वान गरेपछि सुरु भएको थियो । त्यसक्रममा संघ सरकारले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरिसकेको छ । त्यसैबीच आज सभामुखविरुद्धको प्रस्ताव पनि दुई तिहाइ मतले पारित भएपछि मधेस प्रदेशमा राजनीतिक उथलपुथल अझै चर्किएको देखिन्छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ६ : २७ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका