२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बुटवलमा १६ औँ राष्ट्रिय औद्योगिक, कृषि, प्रविधि तथा पर्यटन महोत्सव पुस ३ देखि



बुटवल । रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव-२०८२ आयोजना गर्ने भएको छ । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नारासहित आयोजना गर्न लागिएको महोत्सवले लुम्बिनी प्रदेशमा उद्योग, व्यापार, कृषि र पर्यटनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने संघले जनाएको छ ।

संघका अध्यक्ष तथा प्रदर्शनी मूल समिति संयोजक कृष्णप्रसाद पराजुलीका अनुसार वि.सं. २०४५ सालदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रदर्शनीले पछिल्ला वर्षहरूमा आधुनिक रूप लिँदै आएको छ । यसपटक बुटवल मण्डपमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुने महोत्सवमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, रेष्टुरेन्ट, बेकरी, कन्फेक्सनरी, छाला-जुत्ता, खाद्यान्न र आइटीसमेतका करिब ५०० स्टल रहनेछन् । आयोजकले करिब ८ लाख दर्शकले प्रदर्शनी अवलोकन गर्ने र करिब ३० करोड रुपैयाँको कारोबार हुने अनुमान गरेको छ ।

महोत्सवमा स्वदेशी उत्पादन प्रवद्र्धन, नयाँ प्रविधिको पहिचान, कृषिकै व्यावसायीकरण, कला-संस्कृतिको संरक्षण, पर्यटन विकास तथा युवा उद्यमशीलता प्रोत्साहनका उद्देश्यसहित विविध कार्यक्रमहरू सञ्चालन गरिनेछन् । प्रदर्शनी अवधिभर लोकदोहोरी, लोकनृत्य, लोकभजन, प्रदर्शनी आइडल, वक्तृत्वकला प्रतियोगिता, विभिन्न विद्यालय र कलेजस्तरीय प्रतिस्पर्धा तथा सांगीतिक प्रस्तुति आयोजना गरिने संघले जनाएको छ ।

यस वर्षको महोत्सवलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन उद्योग संघका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति, विशेष सल्लाहकार समिति, मूल्यांकन समिति तथा विभिन्न ३० उपसमिति गठन गरिएको महासचिव सुमन बश्यालले जानकारी दिए । उनका अनुसार यो संस्करण अहिलेसम्मका सबै प्रदर्शनीभन्दा फरक र उत्कृष्ट बनाउन आवश्यक तयारी पूरा भइरहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ७ : ३० बजे

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज