१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

पाकिस्तानी सेनाको कारबाहीमा अफगान सीमा क्षेत्रमा २३ आतङ्ककारीको मृत्यु



इस्लामाबाद । पाकिस्तानी सेनाले अफगान सीमा क्षेत्रमा गरेको दुई वटा आतङ्कारी लक्षित कारबाहीमा २३ जना आतङ्ककारीहरूको मृत्यु भएको जनाएको छ ।

आतङ्कवादीहरू पाकिस्तानी तालिबान वा यसका सम्बद्ध समूहहरूका भएको सेनाले विज्ञप्तिमा मार्फत जनाएको छ ।

“पाकिस्तानले देशबाट विदेशी प्रायोजित र समर्थित आतङ्कवादको खतरा हटाउन सम्पूर्ण प्रयास जारी राख्नेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इस्लामावादले नियमित रूपमा काबुललाई आतङ्कवादी समूहहरू, पाकिस्तानमा घातक आक्रमण गर्ने तेहरीक-ए-तालिबान पाकिस्तान (टिटिपी) लाई शरण दिएको आरोप लगाउदै आइरहेको छ ।

पाकिस्तानले पछिल्लो समयमा भारतले पनि आतङ्कवादी समूहहरूलाई समर्थन गरेको दाबी गर्दै आएको छ भने दुवै छिमेकीले कुनै पनि आतङ्कबादी संलग्नतालाई अस्वीकार गरेका छन् ।

पाकिस्तानले अफगानिस्तानबाट योजना बनाएको भन्दै गत हप्ता इस्लामाबादको अदालत बाहिर भएको आत्मघाती बम विस्फोटमा १२ जनाको मृत्यु तथा दर्जनौँ घाइते भएपछि छापा मारेको जनाइएको छ ।

यद्देपी आक्रमणको जिम्मेवारी भने पाकिस्तानी तालिबानको एउटा समूहले लिएको छ ।

पछिल्लो समयमा पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध चिस्सियको छ भने गत महिना सीमापार झडपले खराब लडाइँ निम्त्याएको थियो । एक हप्तासम्म चलेको द्वन्द्वमा दुवै पक्षका ७० जना भन्दा बढी मानिस मारिएका छन् । हाल दुई देशका आपसी सीमाहरु बन्द भएका छन् ।

अन्ततः दुई दक्षिण एसियाली छिमेकीहरू युद्धविराममा सहमत भए पनि सर्तहरू पालना गर्नमा आएका गतिरोधका लागि एक-अर्कालाई दोषारोपण गर्दै आएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ३ : २३ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो