२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बजार अनुगमन तीव्र पार्दै विभाग



काठमाडौं । वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्ला दिनमा बजार अनुगमन तथा निरीक्षणको कामलाई थप तीव्र पारेको छ । विभागले बिहीबारमात्र काठमाडौंका नौवटा पानी उद्योगमा अनुगमन गरेको थियो ।

पिउनेपानीमा कैफियत भेटिएको भन्ने गुनासो आएपछि विभागले अनुगमन गरी उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन र कारबाही गरेको छ । विभागले कोशी मिनरल वाटर उद्योग, स्तुपा इन्डस्ट्रिज, सहभागिता वाटर एन्ड वेभरेजलगायतलाई गुणस्तर कायम गर्न निर्देशन दिएको थियो ।

यस्तै, मङ्सिर ३ गते काठमाडौंका विभिन्न ११ वटा पसल, उद्योग तथा प्रतिष्ठानमा अनुगमन गरेको थियो । गोकर्णेश्वरमा रहेको जल्पादेवी कस्मेटिक र सुजाता फेन्सीलाई नगद जरिवाना गरेको थियो । मङ्सिर २ गते विभागले विभिन्न आठवटा उद्योग तथा फर्ममा अनुगमन गरेको थियो । अनुगमनका क्रममा परागन फुटवेयर उद्योग चन्द्रागिरिलाई रु ५० हजार जरिवाना गरेको थियो । यस्तै, राजेश स्यानिटरी वेयरलाई रु ५० हजार र एक्वा सञ्जिवनी पानी प्रशोधन उद्योगलाई रु २० हजार जरिवाना गरेको थियो ।

त्यसैगरी, मङ्सिर १ गते विभिन्न पाँचवटा उद्योग तथा फर्ममा विभागले अनुगमन गरेको थियो । कैफियत देखिएको पाइएपछि विभागले कविता वेभरेज प्रालिलाई रु १० हजार जरिवाना गराएको थियो । बजारलाई स्वच्छ, मर्यादित र उपभोक्तामैत्री बनाउन विभागले नियमित अनुगमनलाई तीव्रता दिएको जनाएको छ । विभागले स्थानीय सरोकारवालाको समेत साथ लिई बजार अनुगमनलाई तीव्र पारिएको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ७ : ११ बजे

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका