काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत छैटौँ खेलमा कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले टस जितेर फिल्डिङ रोजेको छ । यससँगै कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस हारेर पहिले ब्याटिङ गर्ने अवसर पाएको छ ।
जारी सिजनमा दुवै टिम आफ्नो दोस्रो खेल खेल्दै छन् । सुदूरपश्चिमले पहिलो खेलमा काठमाडौं गुर्खाजसँग २९ रनले पराजय बेहोरेको थियो । पोखराले पनि आफ्नो पहिलो खेलमा विराटनगर किङ्ससँग ५३ रनको ठूलो अन्तरले हार व्यहोरेको थियो ।
दुवै टोली आजको खेलमार्फत प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।


















प्रतिक्रिया