१३ भदौ २०८३, शनिबार | August 29, 2026

जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकार जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा दायाँबायाँ नलाग्ने स्पष्ट पारेकी छन् ।

जेनजी आन्दोलनकारी, सहिद परिवार र घाइतेका तीनवटा समूहसँग आज भएको छलफलमा उनले जेनजीसँग सम्झौता गर्ने विषय अन्तिम चरणमा पुगेको जानकारी गराइन् ।

“यहाँहरूको मागका विषयमा राष्ट्रपतिसँग सल्लाह गरी निष्कर्षमा पुगिनेछ,” प्रधानमन्त्री कार्कीले भनिन्, “जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जान सक्दैन, यहाँहरूको माग पूरा हुनेमा ढुक्क हुनुहोस् ।”

सिंहदरबारमा भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने एवं प्रतिक्रान्ति गर्न दमनकारीहरू सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय गम्भीरतापूर्वक उठाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कतिपय विषयमा सरकारको संवैधानिक र कानुनी सीमा पनि ख्याल गर्नुपर्ने भएकाले त्यसलाई बुझिदिन प्रधानमन्त्री कार्कीले ती समूहका प्रतिनिधिहरूलाई आग्रह गरेकी थिइन् । उनले चुनावमा भाग लिनका लागि आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन पनि उनीहरूलाई सुझाव दिइन् ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ९ : ३१ बजे

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी