१८ श्रावण २०८३, सोमबार | August 3, 2026

पटक-पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकको तयारीबारे जानकारी दिँदै पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पूर्वनिर्धारित बैठक स्थगित हुँदै आजका लागि सारिएको बताए ।

यसअघि पटक-पटक स्थगित हुँदै मंसिर ४ गते बोलाइएको बैठक पनि अन्ततः सारिएर आज बस्न लागेको हो । बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरू सहभागी हुनेछन् ।

गत असोज २८ गतेदेखि निरन्तर चल्दै आएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशन कहिले गर्ने भन्ने विषय मुख्य रूपमा विवादास्पद बनेको छ । महासचिवद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत नेताहरू आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनअघि-पुसभित्रै-महाधिवेशन सम्पन्न गर्नुपर्ने पक्षमा छन् । तर सभापति शेरबहादुर देउवा निकट समूह भने प्रतिनिधिसभा निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने अडानमा छ ।

यदि नियमित महाधिवेशन समयमै गर्न नसकिने स्थिति बनेमा करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको भावना अनुसार विशेष महाधिवेशन गर्नुपर्ने धारणा महासचिवद्वयले अघि सार्दै आएका छन् ।

कात्तिक २७ गते केन्द्रीय सदस्यहरूको औपचारिक वक्तव्य क्रम सकिए पनि सहमतिको प्रयासस्वरूप अनौपचारिक छलफल चलिरहेको भन्दै बैठक पटक-पटक स्थगित हुँदै आएको हो । आजको बैठकले महाधिवेशनका विषयमा केही निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ७ : ४८ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल