१० माघ २०८२, शनिबार | January 24, 2026

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपुरमा ट्रकको ठक्करबाट आज साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु–७ चोरमाराको उकालोमा नारायणघाटबाट भैरहवातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ७१६४ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको ना३४प १२८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–१५ का ३६ वर्षीय लोकबहादुर थारूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका थारूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।

दुर्घटनापछि ट्रकका चालक बाराको सिमरा उपमहानगरपालिका–१५ का २४ वर्षीय लक्ष्मीप्रसाद यादवलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको नेपालले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ९ : २२ बजे

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित (तस्वीरहरु)

बैतडी । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं । प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता,

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौं । विगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौं

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात/वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।