२५ माघ २०८२, आइतबार | February 8, 2026

भोलिदेखि गर्ने भनिएको नेपाल बन्द र अनिश्चितकालीन आम हड्तालका कार्यक्रम फिर्ता



काठमाडौं । दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले भोलिदेखि गर्ने भनिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिएको छ।

शनिबार बालुवाटारमा सरकार र अभियानका प्रतिनिधिबीच भएको वार्तामा भएको सहमति अनुसार आम हड्तालका कार्यक्रम फिर्ता भएको हो । वार्तामा महाअभियानले प्रस्तुत गरेका २७ बुुँदे मागबारे समाधानका लागि निरन्तर संवाद अघि बढाउने दुबै पक्षबीच सहमति भएको बताइएको छ ।

हालको शान्ति–सुरक्षा स्थिति तथा नागरिक चासोलाई पहिलो प्राथमिकतामा राख्दै महाअभियानले उठाएका मुद्दाहरू सम्बोधन गर्न प्रधानमन्त्रीको तर्फबाट प्रतिबद्धता जनाएपछि कार्यक्रम फिर्ता भएको हो । सरकारको तर्फबाट निरन्तर वार्ता, छलफल र सहजीकरण प्रक्रियामा रहने प्रतिबद्धता आएको सहमति पछि जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । महाअभियानको तर्फबाट सचिव ्िरमदीप लिम्बु र प्रधानजमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेको विज्ञप्तिमा महाअभियानले प्रस्तुत गरेका २७ बुुँदे मागबारे समाधानका लागि निरन्तर संवाद अघि बढाउन सरकार सहमत भएको उल्लेख छ ।

वार्तामा महाअभियानतर्फबाट सचिव प्रेमदीप लिम्बुको नेतृत्वमा अधिवक्ता विनोदमणि भट्टराई, लवण न्यौपाने र दुर्गा प्रसाईका छोरा डा. निराजन प्रसाई सहभागी थिए।

सरकारतर्फ गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल तथा सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  १० : ३६ बजे

प्रदेश अस्पताल दमौलीलाई स्तरोन्नति गर्न जग्गा प्राप्ति

तनहुँ । जिल्ला सदरमुकाम दमौलीस्थित प्रदेश अस्पतालले स्तरोन्नतिका लागि जग्गा

सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रका बराहपोखरी गाउँपालिका-५ पौवासेरा र उदयपुरको

मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

म्याग्दी । जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका

टी-२० विश्वकप : भारतले अमेरिकालाई २९ रनले हराउँदै विजयी सुरुवात

काठमाडौं । आइसीसी टी-२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात