१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बाबुराम, जनार्दन र सन्तोष एकैठाउँ, प्रगतिशिल लोकतान्त्रिक पार्टीको औपचारिक घोषणा आज हुँदै



काठमाडौं । डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारसहितका नेताहरूले आज नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् । भट्टराई संरक्षक रहेको नेपाल समाजवादी (नयाँ शक्ति) पार्टी, माओवादी केन्द्र छोडेका जनार्दन शर्माको ‘प्रगतिशील अभियान’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार समूह एकीकृत भएर ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ गठन गर्न लागेका हुन् ।

नेताहरूका अनुसार नयाँ दलमा पाँच सदस्यसम्मको अध्यक्ष परिषद रहनेछ भने डा. भट्टराई संरक्षकका रूपमा रहने सहमति बनेको छ । महाधिवेशनसम्मका लागि करिब पाँचदेखि छ जनाको अध्यक्षमण्डल रहने तयारी गरिएको छ। त्यससँगै करिब १५१ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी पनि चलिरहेको छ ।

नयाँ दल आगामी निर्वाचनका लागि पहिले नै दर्ता भइसकेको बताइएको छ । चिन्हका रूपमा नेपाल समाजवादी पार्टीले प्रयोग गर्दै आएको ‘आँखा’ नै रहनेछ भने आधिकारिक झण्डा भने छिनोफानो हुने बाँकी छ ।

एकता घोषणाअघि तीनै पक्षले आ–आफ्ना आन्तरिक बैठक तथा भेला गरेका छन् । भट्टराई समूहले तीनकुनेमा, शर्मा समूहले त्रिपुरेश्वरमा र परियार समूहले छुट्टाछुट्टै छलफल सम्पन्न गरेका छन् ।

‘बृहत् एकता घोषणा सभा’ नामक कार्यक्रम आज बिहान ११ बजे राष्ट्रिय सभा गृहमा हुने तय गरिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ८ : ०५ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल