१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बढ्यो अन्डाको मूल्य



काठमाडौं । कुखुरापालक संघले अन्डाको बजार मूल्य बृद्दि गरेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागु हुने गरी अन्डाको बजार मूल्य बुद्दि गरेको हो ।

नयाँ मूल्य अनुसार ठूलो (एक्सएल) अन्डाको भाउ प्रतिक्रेट ५ सय २०, ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ५ रुपैयाँ र मध्यम अन्डाको ४ सय ९० रुपैयाँ पुगेको छ । अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५५ रुपैयाँ भाउ बढाइएको संघ सचिव मदन पोखरेलले जानकारी दिए । यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको हो ।

यसअघि संघले ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ५० र मध्यम अन्डाको ४ सय ३५ रुपैयाँ तोककेो थियो । अन्डाको हालको बजार मूल्यले किसानको उत्पादन लागत मात्र उठाउन सक्ने अवस्थामा पुगेको सचिव पोखरेलको भनाइ छ ।

उनले अवैध भारतीय अन्डा आयातमा कमी र आन्तरिक खपतमा वृद्धिका कारण किसानले राहत महसुस गरेको बताए । भारतबाट आउने अन्डा आउन कम भएलगत्तै संघले मस्ल्य बृद्दि गरेको हो ।

जाडो महिनामा अन्डाको खपत बढ्ने भएकाले पनि बजारमा थप माग सिर्जना भएको उनले बताए । हाल नेपालमा दैनिक करिब ४० लाख गोटा अन्डा उत्पादन हुने गरेको संघको अनुमान छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १ : ०५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा