१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आदर्श युवा सञ्जालमा दाहालको नेतृत्व



खजुरा । बाँकेको खजुरामा क्रियाशील संस्था आदर्श युवा सञ्जालको तेस्रो अधिवेशनले खगेन्द्र दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । दुई वर्षे कार्यकाल रहने गरी अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा सुबास निरौला, सचिवमा गम बहादुर डाँगर, सह सचिवमा संदेश गुरुङ, कोषाध्यक्ष्यमा दीपेन्द्र शाही निर्विरोध चयन भएका छन् । मुख्य निर्वाचन अधिकृत विक्रम गिरीका अनुसार सदस्यहरुमा सविना देवकोटा दाहाल, दाताराम पौडेल, संदेश रानाभाट र प्रेम घिमिरे निर्विरोध चयन भएका छन्।

अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि दाहालले संस्थाले खजुरामा आगामी दिनमा सरकारका कामको निरन्तर निगरानी, सामाजिक कार्यमा सक्रिय, खेलकुद देखि सांस्कृतिक , शिक्षा स्वास्थ्य क्षेत्रमा पैरवी गर्ने कार्य गर्ने उल्लेख गरे ।

कल्पना तामाङको अध्यक्षतामा भएको तेस्रो अधिवेशनका प्रमुख अतिथि खजुरा गाउँ पालिका अध्यक्ष डम्बर बहादुर विकले खजुराको विकासमा युवाको भूमिका महत्वपूर्ण रहेको बताए । पालिका अध्यक्ष विकले आदर्श युवा सञ्जाल मार्फत भएका सामाजिक कार्य प्रसँशनिय रहेको उल्लेख गर्दै स्थानीय सरकार सञ्जालको गतिविधिमा सहकार्य गर्न तयार रहेको बताए । उनले युवाले नै पछिल्ला कार्यक्रमहरू सञ्चालन गर्न सक्ने बताउँदै समाज रुपान्तरणमा युवाले योगदान दिन आग्रह गरे ।

कार्यक्रममा न्यू डाँफे स्पोर्ट्स क्लब खजुराका अध्यक्ष बालाराम खत्रीले खजुरामा युवा एकजुट भएर सामाजिक कार्य गर्न जरुरी रहेको बताए । उनले पछिल्ला दिनमा खजुराका युवाहरुको सक्रियतामा विभिन्न सचेतनामुलक देखि खेल तथा सांस्कृतिक गतिविधि भएको उल्लेख गरे ।

सहायताका लागि सहयोगी हातहरु संस्थाका अध्यक्ष पुष्पा सुनारले खजुरामा अधिकांश संस्था युवाले हाकेको स्मरण गराउँदै स्थानीय सरकार लगायत सरोकारवाला निकायले सहकार्य गर्न जरुरी रहेको बताइन् । अधिवेशनमा मुख्य निर्वाचन अधिकृत विक्रम गिरी, निर्वाचन अधिकृत बालवीर थापा र हरी निरौला रहेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १ : १५ बजे

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी