१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

१२औँ अन्तरराष्ट्रिय फिजियोथेरापी सम्मेलन सम्पन्न



काठमाडौं । नेपाल फिजियोथेरापी सङ्घ (नेप्टा)द्वारा आयोजित १२औँ अन्तरराष्ट्रिय फिजियोथेरापी सम्मेलन २०२५ सम्पन्न भएको छ ।

यही नोभेम्बर २१ र २२ तारिख (मङ्सिर ५ र ६ गते) सम्म काठमाडौँमा दुईदिनसम्म आयोजित उक्त सम्मेलन नेपालमा आयोजित सबैभन्दा ठूलो अन्तरराष्ट्रिय फिजियोथेरापी कार्यक्रम रहेको आयोजकले जनाएको छ । सम्मेलनमा ४५० भन्दा बढी फिजियोथेरापिस्ट, पुनःस्थापना व्यवसायी, चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो ।

सङ्घका अध्यक्ष समिद कतिला श्रेष्ठले सम्मेलनको मुख्य उद्देश्य नसर्ने रोगको रोकथाम, नियन्त्रण, जनचेतना र पुनःस्थापनामा विभिन्न स्वास्थ्यसम्बन्धी सरोकार भएकाहरूबीच समन्वय र सहकार्य गर्नु रहेको बताइन । उनले सम्मेलनमा स्ट्रोक तथा न्यूरोलोजिकल समस्या, कम्मर दुखाइ/अर्थोपेडिक समस्या, मुटुसम्बन्धी रोगहरू, क्यान्सर रोगीको पुनःस्थापनालगायत नसर्ने रोगहरूसम्बन्धी कार्यशाला, समूहगत छलफल र वैज्ञानिक प्रस्तुतीकरण गरिएको जानकारी गराइन ।

सम्मेलनमा नेपालका प्रतिनिधिहरूसँगै विभिन्न सात देशबाट अन्तरराष्ट्रिय सहभागिता रहेको थियो

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १ : १६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा