३१ भदौ २०८३, बुधबार | September 16, 2026

१२औँ अन्तरराष्ट्रिय फिजियोथेरापी सम्मेलन सम्पन्न



काठमाडौं । नेपाल फिजियोथेरापी सङ्घ (नेप्टा)द्वारा आयोजित १२औँ अन्तरराष्ट्रिय फिजियोथेरापी सम्मेलन २०२५ सम्पन्न भएको छ ।

यही नोभेम्बर २१ र २२ तारिख (मङ्सिर ५ र ६ गते) सम्म काठमाडौँमा दुईदिनसम्म आयोजित उक्त सम्मेलन नेपालमा आयोजित सबैभन्दा ठूलो अन्तरराष्ट्रिय फिजियोथेरापी कार्यक्रम रहेको आयोजकले जनाएको छ । सम्मेलनमा ४५० भन्दा बढी फिजियोथेरापिस्ट, पुनःस्थापना व्यवसायी, चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो ।

सङ्घका अध्यक्ष समिद कतिला श्रेष्ठले सम्मेलनको मुख्य उद्देश्य नसर्ने रोगको रोकथाम, नियन्त्रण, जनचेतना र पुनःस्थापनामा विभिन्न स्वास्थ्यसम्बन्धी सरोकार भएकाहरूबीच समन्वय र सहकार्य गर्नु रहेको बताइन । उनले सम्मेलनमा स्ट्रोक तथा न्यूरोलोजिकल समस्या, कम्मर दुखाइ/अर्थोपेडिक समस्या, मुटुसम्बन्धी रोगहरू, क्यान्सर रोगीको पुनःस्थापनालगायत नसर्ने रोगहरूसम्बन्धी कार्यशाला, समूहगत छलफल र वैज्ञानिक प्रस्तुतीकरण गरिएको जानकारी गराइन ।

सम्मेलनमा नेपालका प्रतिनिधिहरूसँगै विभिन्न सात देशबाट अन्तरराष्ट्रिय सहभागिता रहेको थियो

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १ : १६ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै