५ माघ २०८२, सोमबार | January 19, 2026

विश्वसँग जोडिएर जान ‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गर्न आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई



काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको राजनीतिमै पुनःसंरचना नभएसम्म विश्वसँग जोडिएर जान नसक्ने बताएका छन् । आज यहाँ आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत् एकता घोषणासभामा उनले विश्वसँग जोडिएर जान ‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

देश अझै पनि सहज बाटोमा नहिँडेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सहज अवस्था बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले व्यक्तिको निजत्व र सामाजिक पक्ष दुवैलाई मिलाएर नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी अघि बढ्नुपर्ने बताए । उक्त पार्टीका अगुवा नेता रहेका डा भट्टराईले नयाँ दलमा आफू अभिभावक भएर बस्ने र कार्यकारी भूमिकामा रहनेलाई सहयोग तथा सुझाव दिने प्रतिबद्धता व्यक्त गरे ।

पूर्वमन्त्री राम कार्कीले चुनाव हुँदा वा नहुँदा पनि नवगठित पार्टीको अभियान चलिरहने बताए । शिक्षा, यातायात, कृषिलगायत सबै नीतिलाई नयाँ दलले परिवर्तन गर्न चाहेको पनि उनले सुनाए ।

नेता कार्कीले विचारबाट सशक्त भएर म्याद सकिएको नेतृत्वलाई प्रतिस्थापन गर्न ‘जेनजी’ पुस्तालाई सुझाव दिए । मार्कसिज्म भनेको आफैँप्रति आलोचक हुनु हो भन्दै उनले यस्तो गुण नहुनेहरू माक्र्सवादी हुन नसक्ने जिकिर गरे ।

कार्यक्रममा पूर्वमन्त्री जनार्दन शर्माले दलको प्रतिबद्धता पत्र सुनाएका थिए । प्रतिबद्धता पत्रमा देशको कार्यकारी प्रमुख मातहत राष्ट्रिय विकास प्राधिकरण गठन गरिने, भ्रष्टाचारविरुद्ध महाअभियान चलाइने, बोली र व्यवहारमा एकरुपता हुनेलगायत विषय समेटिएको उनले जानकारी गराए ।

पूर्वमन्त्री सुदन किरातीले आफ्नो दलले कम्युनिष्ट पार्टीको खोल छोडेर गुदी बोकेर आएको बताउनुभयो । देशमा रहेका समग्र जनताको तस्बिर अब आफ्नो दलमा पाइने उहाँको भनाइ थियो ।

पार्टी घोषणासभाको अध्यक्षता गर्नुभएका नेता सन्तोष परियारले दलले नयाँ गतिका साथ काम गर्न चाहनेलाई समेटेर अघि बढ्ने बताउनुभयो ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ५ : ५७ बजे

प्रतिनिधिसभा निर्वाचनमा लड्न बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यद्वारा राजीनामा

हेटौंडा । बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट

सञ्चारमन्त्री जगदीश खरेलले दिए पदबाट राजीनामा, ललितपुर-२ बाट चुनाव लड्ने घोषणा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा

उम्मेदवारी दर्ता गर्न प्रचण्ड रुकुमपूर्वमा

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

बालेनसँग भेटेपछि अब देश बन्छ भन्ने विश्वास जाग्यो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

जनकपुरबाट मैथिलीमा बालेनको अपिल : मलाई काम गर्न दिनुस्

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीमा कोरियाग्राफी गराएका