७ श्रावण २०८३, बिहिबार | July 23, 2026

रुपन्देहीका दुई पत्रकारलाई मरणोपरान्त सम्मान



बुटवल । लुम्बिनी होटल सङ्घ नेपालले दुई पत्रकारलाई मरणोपरान्त सम्मान गरेको छ । सङ्घको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनमा पत्रकारद्वय स्वर्गीय चेतन पन्त र स्वर्गीय मनोरञ्जन शर्मालाई मरणोपरान्त सम्मान गरिएको हो ।

भगवान् बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको तथ्य देश–विदेशमा पुगी निरन्तर प्रचारप्रसारमा लागेका र वृत्तचित्र तयार गरी लुम्बिनी चिनाउन अथक प्रयास गरेको भन्दै स्व पन्तलाई सम्मान गरिएको हो । त्यस्तै लुुम्बिनीको निरन्तर प्रचारप्रसारमा लागेको र यहाँको पर्यटनको विकास गर्न अथक कलम चलाएकाले स्व शर्मालाई सम्मान गरिएको सङ्घका अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीले बताए ।

लुम्बिनीमा आयोजित साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोहमा स्व पन्तकी श्रीमती गङ्गा र स्व शर्माकी पत्नी सरिता सापकोटालाई लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेय र लुम्बिनी होटल सङ्घका अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीले कदरपत्र र नगदसहित सम्मान गरे ।

क्यान्सर रोगबाट पन्तको २०८१ साउन २० गते ६६ वर्षको उमेरमा भैरहवामा निधन भएको थियो । इमेज टेलिभिजनलगायतका सञ्चारमाध्यममा काम गरेका लुम्बिनी प्रेस क्लबका सल्लाहकारसमेत रहेका पन्त पछिल्ला वर्षमा लुम्बिनीको प्रचारप्रसारमा लागेका थिए ।

यस्तै क्यान्सरबाट पीडित शर्माको २०८२ असोज ४ गते ५२ वर्ष उमेरमा उपचारका क्रममा भैरहवामा निधन भएको थियो । लुम्बिनी प्रेस क्लबका संस्थापक उपाध्यक्षसमेत रहेका उनी कारोबार दैनिकलगायत सञ्चारमाध्यममा आबद्ध थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १० : ०८ बजे

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन