१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जेनजी मुभमेन्ट नेपालद्वारा प्रधानमन्त्री कार्कीको राजीनामा माग



काठमाडौं। जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको तत्काल राजीनामा माग गर्दै सरकारमाथि कडा आरोप लगाएको छ।

आन्दोलनका प्रवक्ता विजय शाहले मंसिर ८ गते जारी गरेको विज्ञप्तिमार्फत सरकारले भ्रष्टाचार, पक्षपात र कुशासनलाई संस्थागत बनाएको दाबी गरेका छन्।

विज्ञप्तिमा ऊर्जा तथा अन्य महत्वपूर्ण मन्त्रालयहरूले गरेका गलत निर्णय, गैरजिम्मेवार राजनीतिक हस्तक्षेप तथा राष्ट्रिय स्रोत–साधनको दुरुपयोगका कारण सरकारमाथि जनविश्वास समाप्त भएको उल्लेख छ। शाहका अनुसार प्रधानमन्त्री नेतृत्वको सरकारले संवैधानिक, राजनीतिक तथा नैतिक धरातल गुमाइसकेको छ।

विज्ञप्तिमा भारतीय कम्पनीसँग भएको ४३ अर्ब रुपैयाँको विद्युत् सम्झौता, अदालतको आदेश उल्लंघन गर्दै गरिएका प्रशासनिक निर्णय र सरकारी संयन्त्रलाई दुरुपयोग गरिएको आरोप लगाइएको छ। यस्तै, प्रधानमन्त्रीकै स्वकीय सचिवले आफन्तलाई सचिवालयमा नियुक्ति दिएको, गृहमन्त्रीले काकालाई डीआईजी बनाउन चलखेल गरेको जस्ता आरोप लगाउँदै सरकारले गरेको यी निर्णयहरू कुनै पनि संस्थागत प्रक्रिया वा कानुनी आधारबिना गरिएको जेनजी मुभमेन्टले दाबी गरेको छ।

यही कारणले देश आर्थिक, सामाजिक र राजनीतिक संकटमा फसिरहेको उल्लेख गर्दै मुभमेन्टले युवा पुस्ताको भविष्य नै खतरा भएको बताएको छ। न्याय, सुशासन र परिवर्तनका लागि आफूहरू निरन्तर संघर्षरत रहेको जेनजी मुभमेन्टको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ, “सुशीला कार्की नेतृत्वको सरकारले जनताको भरोसा गुमाइसकेको छ। यस्तो अक्षम सरकारको निरन्तरता देश र नागरिक दुवैका लागि घातक छ।”

मुभमेन्ट नेपालले प्रधानमन्त्री कार्कीलाई तत्काल राजीनामा दिन र मन्त्रिपरिषद्को सामूहिक जिम्मेवारी लिएर सरकारबाट बाहिरिन आग्रह गरेको छ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १२ : २२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले