१३ भदौ २०८३, शनिबार | August 29, 2026

जेनजी मुभमेन्ट नेपालद्वारा प्रधानमन्त्री कार्कीको राजीनामा माग



काठमाडौं। जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको तत्काल राजीनामा माग गर्दै सरकारमाथि कडा आरोप लगाएको छ।

आन्दोलनका प्रवक्ता विजय शाहले मंसिर ८ गते जारी गरेको विज्ञप्तिमार्फत सरकारले भ्रष्टाचार, पक्षपात र कुशासनलाई संस्थागत बनाएको दाबी गरेका छन्।

विज्ञप्तिमा ऊर्जा तथा अन्य महत्वपूर्ण मन्त्रालयहरूले गरेका गलत निर्णय, गैरजिम्मेवार राजनीतिक हस्तक्षेप तथा राष्ट्रिय स्रोत–साधनको दुरुपयोगका कारण सरकारमाथि जनविश्वास समाप्त भएको उल्लेख छ। शाहका अनुसार प्रधानमन्त्री नेतृत्वको सरकारले संवैधानिक, राजनीतिक तथा नैतिक धरातल गुमाइसकेको छ।

विज्ञप्तिमा भारतीय कम्पनीसँग भएको ४३ अर्ब रुपैयाँको विद्युत् सम्झौता, अदालतको आदेश उल्लंघन गर्दै गरिएका प्रशासनिक निर्णय र सरकारी संयन्त्रलाई दुरुपयोग गरिएको आरोप लगाइएको छ। यस्तै, प्रधानमन्त्रीकै स्वकीय सचिवले आफन्तलाई सचिवालयमा नियुक्ति दिएको, गृहमन्त्रीले काकालाई डीआईजी बनाउन चलखेल गरेको जस्ता आरोप लगाउँदै सरकारले गरेको यी निर्णयहरू कुनै पनि संस्थागत प्रक्रिया वा कानुनी आधारबिना गरिएको जेनजी मुभमेन्टले दाबी गरेको छ।

यही कारणले देश आर्थिक, सामाजिक र राजनीतिक संकटमा फसिरहेको उल्लेख गर्दै मुभमेन्टले युवा पुस्ताको भविष्य नै खतरा भएको बताएको छ। न्याय, सुशासन र परिवर्तनका लागि आफूहरू निरन्तर संघर्षरत रहेको जेनजी मुभमेन्टको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ, “सुशीला कार्की नेतृत्वको सरकारले जनताको भरोसा गुमाइसकेको छ। यस्तो अक्षम सरकारको निरन्तरता देश र नागरिक दुवैका लागि घातक छ।”

मुभमेन्ट नेपालले प्रधानमन्त्री कार्कीलाई तत्काल राजीनामा दिन र मन्त्रिपरिषद्को सामूहिक जिम्मेवारी लिएर सरकारबाट बाहिरिन आग्रह गरेको छ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १२ : २२ बजे

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा

रसुवा बाढीबाट मृत्यु हुनेको संख्या ६ सय २६ पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शनिबार दिउँसो १४ः००

प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाबाट ४ करोड ५४ लाख १४ हजार रुपैयाँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४

राष्ट्रपति पौडेलले पठाए चिनियाँ समकक्षीलाई समवेदना सन्देश; भारतीय राष्ट्रपतिप्रति कृतज्ञ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको सिजाङ स्वायत्त प्रदेशको केरुङ