२८ माघ २०८२, बुधबार | February 11, 2026

बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन



एजेन्सी । २ हप्ता अगाडी नै भारतिय केही सञ्चार माध्यमहरुले निधनको खबर छापेपनि बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको आज मात्र निधन भएको छ। अभिनेता ८९ वर्षीय धर्मेन्द्रको सोमबार दिउँसो १ बजे पछि आफ्नै जिवासमा निधन भएको समाचार एजेन्सी आईएएनएसले जनाएको छ ।

धर्मेन्द्रको मृत्युको खबरलाई आइएएनएसले पुष्टि गरेको हो । एजेन्सीका अनुसार उनको अन्त्येष्टि विले पार्ले श्मशानघाटमा हुने उल्लेख गर्दै श्मशानघाटमा अमिताभ बच्चन, हेमामालिनी, आमिर खान लगायत धेरै बलिउड सेलिब्रेटीहरू पस्थित हुने बताइएको छ ।

लामो समयदेखि धमेन्द्र अस्वस्थ रहँदै आएका थिए। नोभेम्बर ११ मा पनि उनको मृत्यु भएको खबर केही सञ्चार माध्यमहरुले् प्रकाशित गरेका थिए तर परिवारले आफ्नो मृत्युको खबर धर्मेन्द्र आफैले हेर्दै गरेको भिडियो पोष्ट गर्दै खबरको खण्डन गरेका थिए ।

सन् १९६० बाट अभिनय यात्रा सुरू गरेका धर्मेन्द्रले ३०० भन्दा बढी फिल्ममा काम गरिसकेका छन्। फूल और पत्थर, सीता और गीता,आजात, तिलक,राजपूत, चुपके चुपकेु, प्रतिज्ञा र धर्म वीर लगायतका हिट फिल्ममा काम गरिसकेका धर्मेन्द्रलाई ‘शोले’ मा विरूको भूमिकामा दर्शकहरुले सर्वाधिक रुचाएका थिए ।

रोमान्टिकदेखि एक्सन हिरोसम्मको छवी बनाएका उनलाई सन् १९९७ मा फिल्मफेयर लाइफटाइम अचिभमेन्ट र २०१२ मा भारत सरकारको पद्मभूषण सम्मान दिइएको थियो। पछिल्लो पटक धर्मेन्द्र ‘तेरी बातों में ऐसा उलझा जिया’ र ‘रकी और रानी की प्रेम कहानी’ मा देखिएका थिए।

उनको अन्तिम फिल्म ‘इक्किस’ प्रदर्शन हुन बाँकी छ। आइतबार मात्रै उक्त फिल्मको पोस्टर सार्वजनिक गरिएको थियो।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ३ : १४ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी