१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन



एजेन्सी । २ हप्ता अगाडी नै भारतिय केही सञ्चार माध्यमहरुले निधनको खबर छापेपनि बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको आज मात्र निधन भएको छ। अभिनेता ८९ वर्षीय धर्मेन्द्रको सोमबार दिउँसो १ बजे पछि आफ्नै जिवासमा निधन भएको समाचार एजेन्सी आईएएनएसले जनाएको छ ।

धर्मेन्द्रको मृत्युको खबरलाई आइएएनएसले पुष्टि गरेको हो । एजेन्सीका अनुसार उनको अन्त्येष्टि विले पार्ले श्मशानघाटमा हुने उल्लेख गर्दै श्मशानघाटमा अमिताभ बच्चन, हेमामालिनी, आमिर खान लगायत धेरै बलिउड सेलिब्रेटीहरू पस्थित हुने बताइएको छ ।

लामो समयदेखि धमेन्द्र अस्वस्थ रहँदै आएका थिए। नोभेम्बर ११ मा पनि उनको मृत्यु भएको खबर केही सञ्चार माध्यमहरुले् प्रकाशित गरेका थिए तर परिवारले आफ्नो मृत्युको खबर धर्मेन्द्र आफैले हेर्दै गरेको भिडियो पोष्ट गर्दै खबरको खण्डन गरेका थिए ।

सन् १९६० बाट अभिनय यात्रा सुरू गरेका धर्मेन्द्रले ३०० भन्दा बढी फिल्ममा काम गरिसकेका छन्। फूल और पत्थर, सीता और गीता,आजात, तिलक,राजपूत, चुपके चुपकेु, प्रतिज्ञा र धर्म वीर लगायतका हिट फिल्ममा काम गरिसकेका धर्मेन्द्रलाई ‘शोले’ मा विरूको भूमिकामा दर्शकहरुले सर्वाधिक रुचाएका थिए ।

रोमान्टिकदेखि एक्सन हिरोसम्मको छवी बनाएका उनलाई सन् १९९७ मा फिल्मफेयर लाइफटाइम अचिभमेन्ट र २०१२ मा भारत सरकारको पद्मभूषण सम्मान दिइएको थियो। पछिल्लो पटक धर्मेन्द्र ‘तेरी बातों में ऐसा उलझा जिया’ र ‘रकी और रानी की प्रेम कहानी’ मा देखिएका थिए।

उनको अन्तिम फिल्म ‘इक्किस’ प्रदर्शन हुन बाँकी छ। आइतबार मात्रै उक्त फिल्मको पोस्टर सार्वजनिक गरिएको थियो।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ३ : १४ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका