३० असार २०८३, मंगलबार | July 14, 2026

सरकारको मुख्य प्राथमिकता सुशासन, भ्रष्टाचार नियन्त्रण र चुनाव : मन्त्री खरेल



चरिकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको मुख्य प्राथमिकता सुशासन, भ्रष्टाचार नियन्त्रण र चुनाव रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ दोलखाद्वारा आज यहाँ आयोजित भेटघाट कार्यक्रममा उनले राज्य संयन्त्रलाई सरकारले हस्ताक्षेप नगर्ने तर प्रभावकारी बनाउन मद्दत गर्ने बताए ।

मन्त्री खरेलले सुशासनका लागि खर्च कटौती गर्ने नीतिसहित काम गरिरहेको बताए । प्रधानमन्त्री सुशीला कार्कीले कम खर्च र मितव्यता अपनाउँदै काम गर्ने र ‘जेनजी’ का माग पूरा गर्न स्पष्ट निर्देशन दिएको उनले बताए ।

मन्त्री खरेलले देशको राजधानी, भारत र चीनबाट समेत नजिक भएर पनि दोलखाको विकास नभएको भन्दै यसमा राजनीतिक खिचातानी मुख्य कारण रहेको धारणा राखे । अब पार्टीगत स्वार्थ र राजनीतिभन्दा माथि उठेर जिल्ला मात्रै होइन देश विकासमा लाग्नुपर्ने उनको भनाइ थियो ।

“दोलखा जलविद्युत्, हिमाल, धार्मिकस्थल, जल, जङ्गल, जडीबुटीले भरिपूर्ण हुँदाहुँदै बाह्य पर्यटकको थलो किन बन्न सकेन् ? उत्तर खोज्दा सबैले मम भन्नुपर्ने बेला आएको छ । यति हुँदाहुँदै पर्यटकीय हिसाबले किन पछाडि भयौँ ? यो कुरालाई राजनीतिभन्दा माथि उठेर सोच्ने र दोलखालाई शिरमाथि राखेर काम गर्न आवश्यक छ”, मन्त्री खरेलले भने ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १० : १४ बजे

सस्तिए सुनचाँदी

काठमाडौँ । नेपाली बजारमा आज पनि सुन तथा चाँदीको मूल्यमा

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

काठमाडौं । अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न

पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ खण्ड अवरुद्ध

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको

अविरल वर्षाले नवलपुरमा डुबान र पहिरो, नौ घरपरिवार प्रभावित

नवलपरासी । लगातारको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिरो र

नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने

मकवानपुर । नारायणी यातायात व्यवसायी सङ्घले सामाजिक कार्यका लागि नयाँ