१५ माघ २०८२, बिहिबार | January 30, 2026

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर



काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

विघटित प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालसहितको टोली मंगलबार सर्वोच्च अदालत पुगेर रिट दायर गरेको हो ।

असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध एमाले संसदीय दलको तर्फबाट रिट निवेदन पेस गरिएको बर्तौलाले बताएका छन् ।

केही दिनअघि बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनलाई संविधान तथा लोकतान्त्रिक मूल्य-मान्यताविपरीत ठहर गर्दै त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गर्ने निर्णय गरेको थियो ।

गत भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए। फागुन २१ गते नयाँ निर्वाचनको मिति तोकिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १२ : २७ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला