३१ असार २०८३, बुधबार | July 15, 2026

बुटवलमा निःशुल्क मधुमेह स्क्रिनिङ शिविर सम्पन्न



बुटवल । बुटवलमा निःशुल्क मधुमेह (डायबेटिस) स्क्रिनिङ शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवल लायनेन्स क्लब अफ बुटवल र लियो क्लब अफ बुटवलको संयुक्त आयोजनामा निःशुल्क मधुमेह (डायबेटिस) स्क्रिनिङ शिविर सम्पन्न भएको हो ।

सो शिविर बिहान ७ बजेदेखि सुरु भएको थियो । शिविरमार्फत १५० भन्दा बढी व्यक्तिको मधुमेह सम्बन्धी परीक्षण गरिएको लायन्स क्लब अफ बुटवलका अध्यक्ष प्रतिक पोखरेलले बताए ।

शिविरमा आँखा सम्बन्धी कन्सल्टेन्ट डा. विवेक उपाध्याय र डायबेटिस विशेषज्ञ डा.एस.एन. यादवले परीक्षण एवं परामर्श प्रदान गरेका थिए ।

अध्यक्ष पोखरेलका अनुसार शिविरमा सहभागीहरूलाई फास्टिङ सुगर टेस्ट, खाना खुवाएर गरिएको पिपि टेस्ट तथा डाक्टरसँग प्रत्यक्ष परामर्श सेवा प्रदान गरिएको थियो । साथै १५ दिनको औषधि समेत निःशुल्क वितरण गरिएको उनले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल जिल्ला ३२५ पी, नेपालका प्रथम उपाध्यक्ष सन्दीप कसौधनले क्लबहरूको निरन्तर सामाजिक सेवा प्रशंसनीय भएको उल्लेख गर्दै स्वास्थ्य सेवा समुदायमै पुर्‍याउन सक्नु ठूलो उपलब्धि भएको बताए ।

उनले भने, “लायन्स क्लबहरू सामाजिक उत्तरदायित्व र सेवा भावनामा आधारित संस्थाहरू हुन् । स्वास्थ्य, शिक्षा, वातावरण, विपद्‌ राहतदेखि लिएर रक्तदान तथा आँखाको उपचारजस्ता महत्वपूर्ण क्षेत्रमा क्लबले वर्षौंदेखि निरन्तर सेवा गर्दै आएको छ । आजको मधुमेह स्क्रिनिङ शिविर केवल परीक्षण मात्र होइन, समुदायलाई सचेत बनाउने अभियान पनि हो । मधुमेह जस्ता दीर्घरोगको समयमै पहिचानले जीवनभरको जोखिम घटाउँछ । यस्ता कार्यक्रमले स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुर्‍याउनु-साथै समाजमा स्वास्थ्यप्रतिको जागरण पनि विस्तार गरिरहेको छ ।”

उनले क्लबको टिमवर्क, स्वेच्छिक सेवा भावना र समुदायमाथिको प्रतिबद्धता भविष्यमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याउने प्रेरणा भएको बताए । कार्यक्रम क्लबका सचिव उमेश अमात्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ३ : ४६ बजे

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार