२८ माघ २०८२, बुधबार | February 11, 2026

लुम्बिनीविरुद्ध काठमाडौंले पहिला ब्याटिङ गर्ने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत मंगलबारको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर लुम्बिनीले पहिला फिल्डिङको निर्णय गरेको हो ।

काठमाडौं दोस्रो जितको खोजीमा मैदान उत्रिएको छ । काठमाडौंले यसअघिका तीन खेलमध्ये एक जित र दुई हार व्यहोरेको छ । जनकपुर बोल्ट्सलाई हराउँदै सकारात्मक सुरुवात गरेको काठमाडौं सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग पराजित भएको थियो ।

लुम्बिनी लायन्स पनि दोस्रो जित निकाल्ने उद्देश्यसहित आजको खेलमा उत्रिएको छ । लुम्बिनीले खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार ब्यहोरेको थियो । कर्णाली याक्ससँग पराजित भएको लुम्बिनीले चितवन राइनोजलाई हराउँदै महत्वपूर्ण अंक जोडेको थियो ।

दुवै टिमका लागि आजको खेल लिगमा आफ्नो स्थिति मजबुत पार्ने अवसरको रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ३ : ५९ बजे

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी

अख्तियारमा स्थानीयतहमा भएको भ्रष्टाचार विरुद्ध उजुरीको चाङ

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ

काठमाडौंको मूलपानीमा ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार